स्वर्गीय दुलालको चौथो स्मृति दिवसमा विद्यार्थीलाई सामाग्री प्रदान

  रामप्रसाद बाँस्कोटा
483 Shares

 

पाँचथर : स्वर्गीय मनु दुलालको चौथो स्मृति दिवसमा फिदिम नगरपालिका १३ टिम्बुरे स्थित सिद्वेश्ववर माविमा अध्ययनरत २० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

जनसेवा समाज पाँचथरको आयोजनामा
मनु स्मृति दिवसकै सन्दर्भमा फिदिम १३ कै द्वन्द पीडित हर्कमाया विश्वकर्मालाइ पनि खाद्यान्न र लत्ताकपडा वितरण गरिएको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई स्कुल ब्याग र स्टेसनरी सहितका सामग्री हस्तान्तरण गरिएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले वताउनुभयो । सामग्री हस्तान्तरण तथा श्रद्वाञ्जली कार्यक्रममा जनसेवा समाजका अध्यक्ष अधिकारी र कोषाध्यक्ष देवीमाया बुडाथोकी सहित स्वर्गीय दुलालका काका देवीप्रसाद दुलालसँगै विद्यालयका शिक्षक विद्यार्थी र अविभावकको उपस्थिति थियो ।

२०४९ सालमा तत्कालिन लुङरुपा गाँउ विकास समिति ९ का कुवेर दुलालको बंशनाश हुनेगरी भएको हत्याकाण्डमा बचेका २ छोरी ज्ञानु र मनु मध्येकी एक मनु दुलालको २०७४ साल साउन २९ गते मुटुको समस्याका कारण अमेरिकामा निधन भएको थियो ।

मनुको स्मृतिमा उनका श्रीमान नरेश प्रसाइले स्थापना गरेको मनु स्मृति अक्षयकोषबाट हरेक वर्ष साउन २९ गते विपन्न समुदायका सदस्यहरुलाई सहयोग गरिदै आएको छ । २०७५ सालदेखि वितरण शुरु भएको अक्षयकोषको व्यवस्थापन जनसेवा समाज मार्फत हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार