ललिता निवास प्रकरणः गच्छदारले १० लाख धरौटी  बुझाए

  नयाँ बुलन्द
77 Shares

 

इलामः  विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारसँग १० लाख धरौटी माग गरेको छ ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार नेता गच्छदारलाई अदालतले बुधबार उक्त विवादमा बयान लिएर थुनछेक बहसपछि १० लाख धरौटी माग गरेको थियो । उनले बुधबार नै १० लाख धरौटी बुझाएका छन् ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतामा मुद्दा दायर गरेको थियो ।

नेता गच्छदार विरुद्ध नौ करोड ६५ लाख ७६ हजार बिगो माग गरिएको थियो । -अन्नपूर्णबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार