पाँचथरका जनप्रतिनिधिलाई पुस्तकमा समेटियो,स्थानीयतहमा सङ्गालो पुर्याइन्दै

  युद्धबहादुर बोहोरा
581 Shares

 

 

पाँचथर : जनहित केन्द्र पाँचथरले प्रकाशित गरेको ‘जनप्रतिनिधि सङ्गालो’ अहिले जिल्लाका सबै स्थानीय

तहहरुमा धमाधम पुर्याउने काम भइरहेको छ ।

पाँचथरको राजनैतिक इतिहाँस,राजनीतिकर्मी र यस क्षेत्रको गतिविधिहरुको बारे अध्ययनमा सहायता पुर्याउने उदेश्यले विगत डेढवर्षदेखि पाँचथरका जनप्रतिनिधिलाई पुस्तकमा समेटेर तयार भएको सङ्गालो प्रकाशनपछि जिल्लाका सबै स्थानीयतह र सरोकारवाला निकायहरुमा वितरण शुरु गरिएको संस्थाका अध्यक्ष तथा सम्पादक,संकलन र लेखक बिजयबोध लावतीले जानकारी दिए ।

पुस्तकमा २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको मन्त्री परिषदमा पाँचथर जिल्लाबाट अर्थ मालपोत उपमन्त्री रहेका देउमान आङ्देम्बेदेखि पञ्चायत,बहुदल र गणतन्त्र शासन व्यवस्थाका मन्त्रीहरु,सांसदहरु,राजपरिवार सभा सदस्यहरु,जिल्ला विकाश समिति सभापति उपसभापति,प्रधानपञ्च र उपप्रधानपञ्च,अध्यक्ष तथा उपाध्यक्षको तथ्याङ्क पुस्तकमा समावेश गरिएको छ । त्यस्तै,संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित जनप्रतिनिधिहरुको जीवनी,विभिन्न कालखण्डमा उनीहरुले गरेका कामको उल्लेख भएको छ । साथै सांसद,जिल्ला समन्वय समिति प्रमुख,उपप्रमुख स्थानीयतहका प्रमुख प्रशासकिय अधिकृत र कार्यपालिकाका सदस्यहरुको विवरणलाई पनि समेटिएको छ ।

प्रथम संस्कारण २०७८ मा एक हजार प्रति प्रकाशन गरिएको यस पुस्तकको भाषा सम्पादन साहित्यकार तथा लेखक मधु केरुङले गरेका छन् । उक्त पुस्तक प्रकाशन सम्म करीब १२ लाख रुपैयाँ लागत लागेको र तयार गर्न केही स्थानीयतहले आर्थिक सहयोग समेत उपलब्ध गराएका छन् भने अन्य तहहरुमा पनि अपेक्षा गरिएको सम्पादक तथा संस्थाका अध्यक्ष लावतीले बताए ।

२०६६ सालमा जनाहित केन्द्र स्थापना भएदेखिनै सिपसिर्जना,सामाजिक तथा पर्यटन क्षेत्रमा सक्रिय रहेको यस संस्थाले आगामी दिनमा पाँचथरका पूर्व तथा वर्तमान मन्त्रीहरुको जीवनी तयार गर्दै स्थानीय सरकारले सम्पन्न गरेका गौरवका योजनाहरुको समेत तथ्याङ्क संकलन गर्ने योजना बनाएको छ । सङ्गालो प्रकाशनले जनप्रतिनिधिहरुलाई अझै जनता प्रति समर्पित भएर काम गर्ने प्रेरणा जाग्ने र भावीसन्ततीलाई पनि उनीहरुको बारेमा थप जानकारी पाउन अवसर मिल्ने हुँदा यस मार्फत इतिहाँसको समेत संरक्षण हुने बुद्धिजीवीहरुको भनाइ छ ।

सात खण्ड र दुईसय २९ पेज सहितको यस पुस्तकलाई निर्माण गर्न नेपाल टेलिभिजनका पाँचथर संवाददाता समेत रहेका लावतीको सम्पादक नेतृत्वमा संयोजक घनेन्द्र केरुङ,नारायण तुम्बापो,रबिन्द्र काफ्ले,सन्दिप राई,अनिस तामाङ,योगेन्द्र प्रसाद बेघा र रमेश थापा लगायताका पत्रकारहरुले संकलन तथा लेखनमा सहयोग पुर्याएका छन् । पुस्तक सम्बन्धि सुझाबको अपेक्षा गर्दै केही त्रुटिहरुलाई अर्कौ संस्कारणमा सच्याउने सम्पादक मण्डलले प्रतिवद्धता जनाएको छ ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार