देशभर थप ३,७४९ जनामा कोरोना संक्रमण, ५९ संक्रमितको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९  जना व्यक्ति कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ९०१ जनाको पिसिआर र  ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ५९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार २३८ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार