आजको साहित्य (कविता) : “आमा मलाई सजाय देऊ”

  नयाँ बुलन्द  158 पटक हेरिएको

 

(लेखक: नारायण भट्टराई)

 

तिम्रो सिउँदो पुछिएको बेला

तिमो काख रित्तिएको बेला

तिमी स्वार्थी जमातको

विवेकहीन भूलभूलैयामा फसेको बेला

म तिम्रो प्रवासी छोरो

एउटा आरामदायी सोफामा ढल्किर

तिम्रो विपत्तिको विभत्स दृश्यको मुकदर्शक

भएको छु

म आत्मा ग्लानिले जलेको छु,

“आमा मलाई केही सजाय देऊ ।”

तिमी एक मुठी शासको आसमा घिट्घिट् भएको बेला

अस्पतालको सैय्यामा बेहोस भएर लडेको बेला,

पसिनाको थैली बुझाएर किनेको अस्पतालको आइसीयुमा

शौचालय थिएन तर तिम्रो आका थामिएन

अस्पताल जाँदा शौचालय बोकेर जानुपर्ने रहेछ आमा

मलाई केही थाहा भएन ।

सुन्दै छु, तिमीले शाश किन्न नपाएको त्यो अस्पतालका मालिकले

अर्को अस्पताल किने रे ।

देशको स्वास्थ्यसेवामा उत्कृष्ट योगदान गरेको नाममा

राष्ट्रिय पुरस्कार छिने रे ।

माफियाले हत्याए देशको सत्ता मैले रोक्न सकिनँ

म एक स्वार्थी निर्हृदयी छोरो भएँ

तिम्रो काख रित्याएर गएँ

त्यसैले, मैले नतिरी कोखको भारा नजाइदेऊ

पश्चातापले खोक्रिएको छु आमा

मलाई केही सजाय देऊ ।

 

याद छ आमा त्यो दिन

कसैले जनक्रान्तिको बिगुल फुकेको थियो

बारुद र गॊलाको उसको गर्जनअघि तिम्रो पनि शिर झुकेको थियो

तर अफसोच ! उसको त्यो रगत तताउने बाक चातुर्यभित्र

तिम्रो निम्झोपनको मजबुरीको फाइदा उठाएर

आफू सत्ताको सिँढी चढ्ने कर्तुतपूर्ण चाल लुकेको थियो ।

आज तिम्री छोरी बलात्कृत हुँदा

न्यायको लडाइँ हारेर तिमी रुँदा

प्रेमको भोको मेरो भाइको जीवन

विवेदकारी ब्वाँसाहरुले छिनेर लिँदा

म टुलुटुलु हेरिरहेँ ।

तिम्रो कोखमा लागेका ती सत्र हजार गोलीमध्ये

केवल एक गोली चोर्न पाएको भए

जातीवादीहरूका सङ्कुचित मन फोर्न पाएको भए

बलात्कारीका हात खुट्टा तोड्न पाएको भए

लायक हुन्थे सायद तिम्रो माफीको म

भ्रष्ट्रचारी चम्चाहरूको चीरहरण गर्न पाएको भए,

तर म त केवल दर्शक भए

एउटा निरिह भगौटो भएँ

तिम्रो दुर्दशा हेरिरहेँ

त्यसैले आमा मलाई सजाय देऊ

तिम्रो मायाको मजाक उडाउनेहरूलाई

तिम्रो छातीमा स्वार्थको गाडी गुडाउनेलाई

तिम्रो पिठ्युमा कर्तुतको भारी बोकाउनेलाई

पछि लगाई तिमी अघि नजाऊ ।-

साहित्य पोस्टबाट साभार

हाल : क्यालिफोर्निया,अमेरिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार