जन्म सँगै जोडिएको अर्को सत्य हो मृत्युु ।
मानिस जन्मन्छ, जन्मको अन्तरालमा त कोही जन्मकै नजिक मृत्युुवरण हुन्छ पनि।
सय वर्ष कटेको वृद्ध होस् वा सय दिन
पनि नकटेको नाबालक मृत्युुले सबैलाई समान रुपले हेर्छ।
जिन्दगी जिउने हर मानिसलाई थाहा छ
“मेरोपनि मृत्यु हुन्छ” तर मान्छे आफ्नो मृत्युमा बेखबर बन्न खोजिरहन्छ।
मृत्यु एक शाश्वत सत्य हो।
तर सत्य भनिरहँदा कोही एकटक सँग
सत्य मृत्युुलाई कुरेर बसिरहन सक्दैन ।
पञ्चतत्वले निर्मित शरीरलाई जतिसक्दो काम र तनावको भारीले थोपरी राख्न चाहान्छौं।
हामी आज गर्न नसकेका काम भाेलि र भाेलिको काम पर्सि गरौंला भनेर धकेल्न सक्छौं तर मृत्युले हामीलाई कुनै खबरै नगरी निमेषभरमा लिएर जान्छ ।
धार्मिक ग्रन्थहरुमा भनिन्छ “मृत्युलाई पनि जितेका थिए मर्कण्डेय ऋषिले” उनले मात्र जानेका थिए मृत्युञ्जयस्तोत्र उनै मर्कण्डेयको विषयमा वेदव्यासले मर्कण्डेय पुराण नै लेखेका छन्।
तर यो कलियुग हो यहाँ मृत्युलाई राजा रङ्क सबैले बोध गर्नैपर्छ ।
बेग्लै ग्रहमा मानव बस्ती बसाल्न कोसिस गर्ने मानव न किन नहोस् ,
सत्य मृत्युुलाई रोक्न मृत्युसँगै जीवन खोसिरहने डाक्टर पो किन नहोस्
समुद्र माथि सहर बसाल्ने हाेस या
मृत्युलाई नजिक ल्याउन अणुबम बनाउने किन नहोस्
यि सबै आखिर चिताको धुवाँसँगै खरानी बनेर उड्नै पर्छ।
आखिर जीवन भन्नुन एक भौतिक शरीरमा स्वासप्रस्वास रहनु हो र मृत्यु स्वासप्रस्वास बिहिन निर्जीव सरह अत्मा
बिहिन शरीर हो ।
हामीले मृत्यु पछिको सर्ग-नर्क भनेजस्तै
मृत्यु पनि अनेकौं किसमको देखिन्छ ।
मृत्यु सत्य हो तर जहिल्यै झुट जसरी आईदिन्छ
सत्य जहिल्यै जानकार हुनुपर्ने तर मृत्यु बिना कल्पना अप्रत्याशित उत्पति हुन्छ ।
जीवन देखि हारेर हरबखत मृत्युलाई सम्झने
शताब्दीअौं उमेर पार गरेको शरीरलाई नछोइ कलिला फूलका कोपिला जस्ता मृत्युनै सोच्न नपाएको उमेर या घर समाज छोडेर परदेशिएको शरीर आफ्नो मृत्यु कल्पनानै नगरी मृत्युवरण हुनुपर्छ।
बचपनको दसौं बर्षसम्म त जन्म मृत्युबारे मानिस जानकार नभएपनि त्यसपछिको उमेर
मृत्युमा जानकार छ
तर आफ्नै मृत्युको कल्पना गर्न सक्छ या सक्दैन ?
यो प्रश्न प्रश्नमानै सिमित रहन्छ ।
कलियुग हो यहाँ अमर कोइ रहन्न ईश्वरीय आयु एक सय बर्ष मानिन्छ
तर कसैले भन्न सक्दैन “म त्याे उमेर पुग्छु ”
यो कुनै चाहानामा हुने हैन।
सम्झन्छु फेरि मृत्यु बिनाको संसार कस्तो हुन्छ ?
मैले टेकेको भूगोल सायद भरीएको हुन्थ्योहाेला?
मानव आफ्नो जीवनको कति प्रतिशत कर्म गर्न भ्याईसक्थ्यो?
यस्ता अनेकौं प्रश्न उत्पति हुन्छन् ।
यी सब सपनाहरू हुन
आखिर एकदिन हामी सबैले यो समाज, यो राष्ट्र, यो भूगोल नचाहेरै पनि छोडेर जानै पर्छ तर किन भ्रष्टाचार, हत्या, हिंसा, कालोबजारी, आतंकवाद आदिको दलदलमा फसेर हामी जिउँदै मरेतुल्य बनी रहन्छौं?
आखिर मृत्युपछि त शत्रुले पनि भन्नेछ “सारै असल, आँखामा राखे पनि
नबिझाउने’ मान्छे थियोे” फलानो
तारिफ सुन्न मृत्युनै पर्खनुपर्ने अवस्था नहोस् ।
जे होस्, हामीसँग नमरुन्जेल बाँच्नै पर्ने
जिन्दगी छ र सबैले एकदिन मर्नु पनि छ
तर
संसारै नछोडी अनेक चोटि अनेकौं कुलसित सोचले मरेतुल्य बन्नु नपरोस् ।
मृत्युको सपना
– माईजाेगमाई-६, इलाम