गीतकार जमरकट्टेलको कोरोना सम्बन्धि सन्देशमुलक गीत ‘विश्व सारा’ युटुवमा सार्वजनिक

  नयाँ बुलन्द  196 पटक हेरिएको

 


गीतकार सुबाश जमरकट्टेलको सन्देशमुलक गीत ‘विश्व सारा’ एमपी टु क्रिएसन युटुव च्यानल मार्फत गीत सार्वजनिक गरिएको छ ।

सुबाश जमरकट्टेलका शब्दमा वरिष्ट संगीतकार विकाश चौधरीले संगित भरेका छन् भने द भ्वाईस अफ नेपाल सिजन टु का उपविजेता चर्चित तथा लोकप्रिय गायक विकाश लिम्बुको स्वर रहेको छ । शुसिल विक्रम शाहले रेकर्डिङ तथा मिक्सिङ गरेका छन् भने दयाराम घिमिरेले भिडियो सम्पादन गरेका छन् ।
कोरोना महामारीले घर भित्रै थुनिएर रहेका बेला सबैलाई उत्प्रेरणा जगाउने खालको सन्देशात्मक गीतमा गीतकार सुबाश जमरकट्टेलले आजको समाजमा देखिएका,सुनिएका र भोगिएका यथार्थलाई गीतका शब्दमा टपक्कै टिपेका छन् ।

थोरै शब्दबाट मानव जीवन र जगतकै यथार्थलाई उतारिएको छ । गीतको भिडियो पनि हालको कोरोना भइरसको डर त्रास र भयलाई देखाउदै त्यसबाट हतास र निरास नभई सहयोग र सेवाको बाटोमा जुट्न अनुरोध गरिएको प्रेरणादायी छ ।

दोस्रो लहरको कोरोना कहर कै बीचमा लेखिएको गीत,बन्दाबन्दिकै बीचमा मिरा साउण्ड रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।समसामयिक भिडियो फुटेजहरु जोडेर बनाईएको गीतको भिडियो पनि निकै भावुक र सन्देशात्मक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार