कठै मेरो देश…

धुवाँ र धुलोमा रुमलिएको सहर अनि मास्क भित्र निस्सासिएको मेरो रहर ??

सत्ता र कुर्सीको दाैडधुपले ग्रस्त अनि फाेहोरि राजनीतिले मुर्छित एउटा भद्दा मजाक हाँसिरहेछ
हज्जारौं श्रद्धाञ्जलिका बीचमा
बधाई र शुभकामना बटुल्दै छ आज
कठै मेरो देश !!

दिनदिनै महामारीले
जनता मर्दै जादा
नदेखेझै अन्धाे
बन्दैछ मेरो देश !!

जनताको
चीत्कार बढ्दै जाँदा
नसुनेझै बहिराे बन्दैछ।

ती स्ट्रेचरका जिउदा लासहरु बोलिरहेछ्न…
मुटु मेरो जलिरहेछ
जब दुई मुठ्ठी सासमा मोलमोलाइ चलिरहेछ।?

अभावै अभाव छ यहाँ:
विरामिलाई अक्सिजनको अभाव्,
आम नागरिकलाई पिउनेपानीको अभाव्,
अनी नेतालाई कुर्सिको अभाव्!!!
बिचरा मेरो देश् !
??

जता मर्कायाे उतै मर्किने
जता फर्कायाे उतै फर्किने।
रबर झै भएको छ आज देश !

घरपरिवार बिर्सी रातदिन डिउटी गर्ने सुरक्षाकर्मी लाई मेरो सलाम
ज्यान हत्केलामा राखेर सेवा गर्ने डाक्टरलाई मेरो नमन ।
खै कहिले बन्ला र देश निमुखा जनताको मलम?

जनता अक्सिजन अभाबमा मृत्युशैय्यामा !!

नेताहरु चियर्स गर्दै सांसद खरिदबिक्रीमा!
कठै मेरो देश।?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार