पाँचथरको लुम्फाबुङमा ठढ्याइयो नौं फिट अग्लो चोत्लुङ

  नयाँ बुलन्द
882 Shares

 

पाँचथर : पापोहाङ लावती सयङको पाँचौ केन्द्रीय महाधिवेशन पाँचथरको फिदिम नगरपालिका–९ लुम्फाबुङमा शुरु भएको छ ।

वरिष्ठ लिम्बू भाषा ,लिपी , संस्कार खोज अनुसन्धानकर्ता बिर्जाहाङ्पति जबेगुको प्रमुख आतिथ्यता महाधिवेशन सम्पन्न भएको हो ।

लावती सयङ्का केन्द्रीय अध्यक्ष जगतजंग लावोतीको अध्यक्षतामा चोत्लुङ स्थापना र उत्घाटन गरिएको थियो । त्यस क्रममा चोत्लुङ पोलुङ्को महत्त्व र औंचित्य बारे लछुमण लावतीले कार्यपत्र प्रस्तुत गरेका गरेका थिए ।

कार्यक्रममा लुम्फाबुङको ओजाहङ डाँडामा नौ फिट अग्लो चोत्लुङ समेत ठढ्याइएको सयमका उपाध्यक्ष बिजयबोध लावतीले जानकारी दिए ।
लिम्बू भाषामा चोत्लुङको अर्थ शिरमा ठड्याएको ढुङ्गा अर्थात उन्नति प्रगतिको र लक्ष प्राप्तिको स्थल भन्ने बुझिन्छ ।

पुर्खाहरुले खेलीखाइ गरेर छाडेका डोबहरुलाई प्रतिक र स्मारिकाका रुपमा राख्न चोत्लुङको निर्माण गरिन्छ ।
उनीहरुको आस्थाको प्रमुख केन्द्रबिन्दु रहेको चोत्लुङ आदिमकालदेखि मुन्धुमको रुपमा लिने गरेको लिम्बू सामाजिक अभियन्ताहरुको भनाइ छ ।-हाम्रो मतबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार