मजदुर आक्रमणमा संलग्न ७ जना पक्राउ

  बालकृष्ण बस्‍नेत
1.1k Shares

माङसेबुङ : इलामको माङसेबुङ २ इभाङस्थित निर्माणाधीन गजुरमुखी-ईभाङ-चतुरे सडकको मुख्य क्याम्पका मजदुरमाथी आक्रमणमा संलग्न ७ जना पक्राउन परेका छन् ।

पक्राउ पर्नेमा माङसेबुङ २ का २६ वर्षीय सरोज लिम्बू, २१ वषर्क्षिय दिवस राई, २२ वर्षीय जोनसन राई, १९ वर्षीय रोशन राई, २६ वर्षीय बाबा राई, १८ का सुमन लिम्बू र १९ वर्षीय डिकबहादुर लिम्बू रहेको ईलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी नायब निरिक्षक मनोज अधिकारीले जानकारी दिए ।

उनीहको अनुसन्धान सुरु भएको छ ।

ती समूहले विहीबार राती निर्माण कम्पनी कालीका जेभीका कर्मचारी र मजदुर रहेको क्याम्पमा आक्रमण गरेको थियो ।

आक्रमणबाट क्याम्पमा सामान्य क्षति हुनका साथै मजदुरहरु घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार