
मनको त्वाँलो पुछेर सफा नयाँ साल आउनु
क्षितिजमा लाली मिर्मिरे उषा खोजेर ल्याउनु
अन्याय भयो बेथिति बड्यो कानून डरायो
निर्धाको मुख पीडितको आस बोकेर धाउनु
मुखमा आयो समृद्धि सुख जन-जनमा आएन
गाँस र बाँस स्वास्थ औ शिक्षा बनेर छाउनु
दुब्लायो हली सकेन जोत्न मेलोमा राखेर
छोडिए राँटा उम्कियो साँडे मेलोमा दाउनु
सबैको मन जोडिन सके असंभव के हुन्छ ?
दुखेको मन हारेको जन सोचेर बाउनु
घनश्याम पौडेल
माइजोगमाइ-१ नयाँबजार, इलाम


















































