पछिल्लो २४ घण्टामा देशभर थप १५२ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप १५२ जनामा कोरोना संक्रमण, ६५ जना संक्रमणमुक्त

काठमाडौं  : पछिल्लो २४ घण्टामा देशभर थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा चार हजार २१३ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ४६१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म दुई लाख ७२ हजार ८५१ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

सङ्क्रमित निको हुने दर पछिल्लो केही समय यता घट्दै गएको छ । हाल निको हुने दर ९८.३ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा एक सङ्क्रमितको कोरोनाले गर्दा मृत्युको पुष्टि भएको छ । हालसम्म तीन हजार ३१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

हाल एक हजार ५७९ जना आइसोलेशनमा र ६३ जना क्वारेन्टिनमा छन् । हालसम्म २२ लाख ७५ हजार ५४० जनाको पिसिआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार