लघु कथा: “खाली भयो”

  नयाँ बुलन्द
0 Shares

 

लेखक :- घनश्याम पौडेल,शिक्षक

मलामीको एउटा सानो समुह चिताभन्दा केहि पर गफ गर्दै थिए।” मरेको नै बेस भयो ।”

यी शब्द मेरो कानमा पर्नासाथ मेरो ध्यान उनीहरूको गफतिर मोडियो ।
मनमा अनेकौं प्रश्नहरु उब्जिए । म सोच्न थालें । एउटा आफ्नै गाउँको मान्छे ,अल्पायुमा मरेको छ । त्यही पनि उनीहरूको छोराछोरीको शिक्षक अथवा जो होस् मृत्युुमा सहानुभूति त हुनुपर्छ । सत्रु नै मर्यो भने पनि राम्रो भयो त भन्नू हुँदैन ।
रण बहादुर मेरो गाउँको बाल्यकालको साथी थियो ।सानामा हामीसँगै हुर्कियौ । स्कुलमा पनि संगै गयौं । उ म भन्दा एक कक्षा मुनि थियो । कलेज जाँदा आउँदा पनि संगै हुन्थ्यौं ।
मैले शिक्षा आयोग पास गरें । म गाउँ बाहिर पोस्टीङ्ग भएँ । मेरो र उस्को बिच भेटघाट कमै हुन्थ्यो । रण बहादुरको बारे यति थाहा थियो ” उ पनि अस्थायी शिक्षक भएर गाउँमा पढाउँदैछ ।”
एक जना गाउँलेले भन्यो “अस्थायी नियुक्ति लिएर आउँदा त निकै खुशी लागेको थियो । गाउँले गरीब केटो हो राम्रो पढाउँछ होला भन्ने लागेको थियो । “अर्काले बिचैमा कुरा काट्दै भन्यो ” अस्थायी हुँदा त राम्रो पढाएको हो ।

स्थायी भएपछि पो सकियो । स्कुल नियमित नआउने,ढिलो आउने,छिटै हिंड्ने,कक्षामा राम्रो नपढाउने, झारो टार्न थाल्यो ।मास्टर पनि स्कुलमा घाँडो हुँदा रहेछन् ” यतिकैमा अर्काले दुखेसो पोख्यो ।
मैले सरलाई संझाउने विचार गरेर मुख मात्र खोलेको थिएँ । उल्टै मसँग जङ्गीए ,”सक्छौ भने मलाई सरुवा गर,होइन भने जागीरबाट निकाला गर्न सक्दैनौ भने मसँग नखोके हुन्छ ।” मलाई निकै दु:ख लाग्यो । छोराछोरीको भविस्य संझिएंँ । हामी गरीबहरु बाहिर लगेर पढाउन पनि सक्दैनौ ।
हरीचरणले मलाई देखेर भन्यो ,”सर तपाईंहरुको आफ्नो सहमतिमा बाहेक कसैले सरुवा गराउन या जागीरबाट निकाल्न नसक्दो रहेछ नि ।” हो त त्यस्तै छ , मैले छोटो उत्तर दिएँ । उस्ले थप्दै भन्यो” अब रण बहादुर सरको ठाउँ खाली भयो ।
कोहि राम्रो मान्छे हाम्रो स्कुलमा आउँछ होला ।” उनीहरू आपसमा छलफल गर्न थाले । राम सर,गोपाल सर,निता म्याम कोहि ल्याउनु पर्छ । मेरो आँखा चितातिर फर्किए । आगोको ज्वालाभित्र लास जलि रहेकोछ । धुँवाको मुस्लोले आकाश नै ढाकेको छ।

श्री अमर कल्याण माद्यमिक विद्यालय माइजोगमाइ-१,नयाँबजार इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार