अमर नेम्बाङ प्रतिष्ठानद्वारा भट्टराई र नेम्बाङ सम्मानित

  युद्धबहादुर बोहोरा
0 Shares

 

पाँचथर: अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले दुई स्रष्टालाई पुरस्कृत गरेको छ ।

फिदिममा आयोजित कार्यक्रममा ‘अमर नेम्बाङ लिम्बू स्मृति साहित्यिक पुरस्कार–२०७७’ बाट नेपाली साहित्यका प्रखर व्यक्तित्व प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई र नेपाली तथा लिम्बू भाषा साहित्यका अध्येता वीर नेम्बाङलाई पुरस्कृत गरिएको हो ।
नेपाली साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरुलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्वाङले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि संविधानसभाका सदस्य भीष्मराज आङदेम्बेले स्रष्टा द्वयलाई ५०-५० हजार रुपैंयाँ नगद र सम्मानपत्र सहित सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आङदेम्बेले नेपाली साहित्यकर्मी र लेखकहरु सदैव नेतृत्व पक्षले गरेको असन्तुष्टि प्रति खबरदारी तथा आक्रोश ओकलिरहनु पर्ने बाध्यता रहेको बताउँदै जिम्मेवारी निकायहरुलाई सकारात्मक मार्गमा निर्देशन गर्न सर्जकले चलाएको कलमको समर्थ गरेका थिए ।

२०७५ सालमा नेपाल सरकारबाट सुप्रवल जनसेवा श्री पदकले विभुषित स्व.नेम्वाङले साहित्य क्षेत्रमा पुर्‍याउनु भएको अतुलनीय योगदान माथि कवि तथा समालोचक मुनाराज शेर्माले प्रकाश पारेका थिए भने याक्थुङ लेखक संघका केन्द्रिय अध्यक्ष प्रकाश थाम्सुहाङ र संघीय लेखक मञ्चका केन्द्रिय अध्यक्ष मधुराज केरुङले पुरस्कृत स्रष्टा द्वय डा.भट्टराई र नेम्बाङको व्यक्तित्व परिचय सहित भाषा साहित्यमा गरेको लगानी बारे चर्चा गरेका थिए ।

यसैबीच,प्रतिष्ठानले गरिब तथा जेहेन्दार छात्रवृति अन्तर्गत फाल्गुनन्द-२,सत्यहाङमा माद्यामिक विद्यालयमा कक्षा -१ मा अध्ययनरत बुबाआमा दुबैको निधन भएका छ वर्षिय गाब्रेल नेम्बाङलाई दश हजार रुपैंयाँ साथै कुम्मायक–१,यासोकका अग्नि पीडित डिग बहादुर थापा र कृष्णबहादुर थापालाई १२ हजार पाँच सय रुपैंयाँका दरले प्रमुख अतिथि मार्फत हस्तान्तरण गर्दै पाँचथरका सबै स्थानीय तहलाई स्वास्थ सामाग्री समेत वितरण गरेको थियोे ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व द्वय भट्टराई र नेम्वाङ ,विशेष अतिथि डा.देवी क्षेत्री दुलाल,तुम्वेवा गाउँपालिकाका अध्यक्ष होम थापा,साहित्यकार मुक्तिनाथ उपाध्याय,लोक गायक खड्ग बोहोरा
लगायतले मन्तव्य राखेका थिए ।

झापा,इलाम,पाँचथर,काठमाडौं र भारतको सिलिगुडी लगायतका क्षेत्रबाट उपस्थित भएका स्रष्टा र फिदिममा अध्ययनरत विद्यार्थीहरुले रचना बाचन गरेको कार्यक्रम साहित्यकार प्रेम ओझाले संचालन गरेका थिए भने प्रतिष्ठानका सल्लाहकार तथा रङ्गवादी कवि धर्मेन्द्रबिक्रम नेम्बाङको अध्यक्षता सम्पन्न भएको थियो ।

यता,फाल्गुनन्द गाउँपालिकाका प्रथम जननिर्वाचित अध्यक्ष स्व. नेम्बाङको सम्मानमा गत वर्ष देखि निरन्तर उनको जन्म दिनको अवसरमा साउन २३ श्रष्टा सम्मान तथा जन्मोत्सव मनाउन शुरूवात गरेको छ साथै आज स्मृति दिवस पनि मनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार