कुशल थलङले ल्याए ‘आनाकानी गर्छौं किन ?’

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : गायक कुशल थलङले नयाँ गीत सार्वजनिक गरेका छन् । थलङले आनाकानी गर्छौ किन हौ ठूली… बोलको गीत लिएर आएका हुन् ।

रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेन्जमा कुशलले संगीत र स्वर भरेका हुन् ।

म्युजिक भिडियोमा सार्वजनिक गरिएको गीतमा कुशल थलङ, सुजाता थुलुङ राई, विष्णु मोक्तान, दिनेश माङ्मु लिम्बू, कानुन लिम्बू थेबे, रोयल लिम्बू, करिश्मा क्षेत्री, कृति मिभक, सबनम राईले अभिनय गरेका छन् ।

आफ्ना भाईहरुले विवाह गरिसक्दा पनि जेठोको जीवन आनाकानीमै बितेको दिनचर्यालाई रोमाञ्चक ढङ्गले भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोको लागि सोम मगरातीको श्रृङ्गार, छायांकन भूपेन्द्र तुम्बाहाम्फे, पोष्ट प्रोडक्सन रमेश मिभक र पुष्पा तुम्बाहाम्फे, सम्पादन अनिल राना र निर्देशन दिनेश माङ्मुले गरेका हुन् ।

भिडियो कुशल थलङको आफ्नै च्यानलबाट हेर्न र सुन्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार