
म स्कुलबाट घर पुग्दा घरभरि मान्छे देख्दा म आत्तिए ।
अतालिएर आमालाई बोलाए ।
आमा र बुबा घासँतिर जानुभएको रहेछ
मेरो चर्काे आवाज सुनेर आमा घाँसबाट आउनु भयो।
अनि मैले आमालाई तत्कालै सोधिहाले
आमा को मान्छे हाे उहाँहरू ?
आमाले दयालु स्वरमा उहाँहरुतिर देखाउँदै भन्नुभयो
उहाँहरू क्रान्तिकारी हाे छोरा ।
मेरो बचपनको मधुरो मनसपटलले क्रान्तिकारी शब्द नबुझेर एक दृश्य मात्र बन्दुक बोकेकाे मान्छे भन्ने मात्र बुझ्दाे रहेछ क्यारे !
आमाको उत्तरमा मैले फेरि प्रतिप्रश्न गरिहाले।
आमा क्रान्तिकारी भनेको चि के हो नि?
आमाले झन नबुझ्ने तरिकाले जवाफ दिनुभयो
“देशमा उहाँहरूले अब शान्ति ल्याउनुहुन्छ,राज्यले नसमेटिएका, हामी जस्तो पिछडिएका, विवेदमा परेका वर्ग,जाती, भाषा, धर्म,लिङ्गको पनि राजनीतिक अधिकार सुनिश्चित गर्नुहुन्छ “तर बुझिन मैले आमाका यी शब्दहरु।
तिनै क्रान्तिकारी भनिएकालाई खरानीले बुलेट पुस्न सगाए।आमा त्यसो गर्दा डराउनु हुन्थ्यो तर मलाई तेसैमा रम्न आनन्द लाग्थ्यो ।आमाले मलाई घाँसदाउरामा लग्न खोज्नुहुन्थ्यो म मान्थिन अनि बा पनि देशमा समृद्धि ल्याउन भनेर त्यही युद्धमा होमिनुभयाे २सय ३७ बर्षे लामो राजतन्त्र सँगै बाहरु जस्ता १७ हजार पनि फ्यालिनु भयाे । देशमा शान्ति र स्थायित्व,समृद्धि र विकासको महसुस गरियाे,देशमा लाेकतन्त्र आयाे,गणतन्त्र अायाे,देशमा समिधान बन्याे,देश संघीय शासन प्रणालीमा गयाे।जन्ताकाे छाेराे राज्यको माथिल्लो निकायमा पुग्याे अंह तर अामाले क्रान्तिकारीकाे परिभाषा दिँदा भन्नुभएको जस्तो परिवर्तन भएन।
आज यहीँ कुरा १३/१४ वर्ष पिछाडि खाडीको तातो मरुभूमिमा पसिना बगाउँदा सोच्छु त्याे मेरो मसिना कलिला हातहरुले सफा गरिएको बुलेट कहाँ खर्च भयाे हाेला?
तेहि क्रान्तिको नाउँमा हराएको हर्कलालकाे छाेरा अझै भेटिएको छ कि छैन हाेला?
तेहि क्रान्तिमा ठुल्दाईकाे पिठ्युँमा लागेको बुलेट तेसै छ रे
अनि तेहि क्रान्तिकाे जगमा टेकेर पल्लागाउँ
हिटलर माईलाकाे छाेराे गाउँकाे मुख्य मान्छे छ रे।
खाेई के गरे?
आमाले भन्नुभएका ती क्रान्तिकारीहरुले ?
म केहि देख्दिन यही मरुभूमिमा अामाकाे तेहि एकमुठि सासकाे लागि दास भई रहन्छु।
अनि आमालाई भन्छु आमा यी भ्रष्ट देशमा रहुनजेल म यहीँ मरुभूमिमा पसिना पाेख्छु आमा!तपाईंको मुठी सासकाे निम्ति ।
माईजाेगमाई ६ ,प्याङ्ग इलाम ।


















































