
–रीता आचार्य (पौडेल)
मन्दमन्द मुस्कुराउँदै तिम्रो छेउमा आउन मन छ,
पारीपट्टि चौतारीमा बसी माया लाउन मन छ ।
देख्नेहरूले जे जे देखुन भन्नेहरूले जे जे भनुन्,
तिम्रो प्यारो अँगालोमा बाँधी माया दाउन मन छ।
दु:ख आए आउन अनिल खुशी फाटे पनि फाटुन,
सबै पिडा भगाएर सधैं खुशी छाउन मन छ ।
जलुन यहाॅ जल्नेहरू तिम्रो मेरो सम्बन्धमा
तिमी सारंगीको धुन बजाउ, मलाइ गीत गाउन मन छ ।
संसारको महंगो रहेछन् चिन्न सिके आफ्नो जीवन,
दुँनियाले यस्तै सिकोस् अम्मर माया लाउन मन छ ।
फाकफोकथुम-४ फुएतप्पा,इलाम


















































