मिठो स्वरका धनी ‘दिलेन्द्र मोक्तान’आर्थिक अभावका कारण गाउँमै रुमलिए

  युद्धबहादुर बोहोरा
231 Shares

 

इलाम : फाकफोकथुम -२,धार्नेखोपमा २०४४ सालमा जन्मिएका दिलेन्द्र मोक्तान स्वर सम्राट नारायण गोपालका कालजयी भावनात्मक संगीतहरुको कभर गीत गाउन एकदमै रुचाउँछन् ।

बाल्यकालबाट रेडियोमा गीत सुन्दै र गाउँदै संगीतको दुनियाँमा रम्ने रहर गरेका उनलाई विद्यालयमा पढ्दा र गाउँघरमा विभिन्न कार्यक्रम हुँदा चकलेट दिएर गीत गाउन लगाउँने गरेको कहानी सुनाउँछन् ।
त्यसपछि रेडियो नेपालबाट प्रसारण हुने ‘अनुरोध गीत संगीतको कार्यक्रममा २०५५/०५६ साल देखि ’ चिठ्ठी लेखेर मनपरेको गीत अनुरोध गर्दै आफ्नो सांगीतिक यात्रालाई सुरुवात गरेका थिए ।
रेडियोमा बजेको गीत सुनेकै आधारमा गीत गाउन सिकेका उनी स्वर सम्राट तथा अन्य कलाकार भक्त राज आचार्य,गोपाल योन्जन,राजेश पायल राई,सत्य र स्वरुप राज आचार्य,उदय सोताङ्ग लगायतले स्वर भरेका आधुनिक र राष्ट्रिय गीतबाट बढी प्रभावित भइ गीत गाउन थालेका हुन् ।

सानै देखिनै बासुरी,मादल बजाउने कला भएका उनी पछिल्लो दिनमा गितार पनि बजाउन शुरु गरे । ओझेलमा परेका प्रतिभाशाली स्वरका धनी मोक्तान अार्थिक अभाव,आफ्नै स्वास्थ प्रतिकुलता र कसैबाट संगीत जगतमा डोर्‍याउने सहारा नपाउँदा र चर्चामा आउने मेसो नपाउँदा गाउँमै थन्किन बाध्य भएको गुनासो सुनाउँछन् ।

आर्थिक अवस्था न्यून भएका किसान परिवारमा हुर्केका उनले माद्यामिक तह सम्मको मात्रै अध्ययन गरे तापनि उनको अध्यनसिल र मेहनत स्वभावका कारण जस्तोसुकै गीत गाउन पछि पर्दैनन् । तर हाल ओझेलमा परेका छन् । उनले कतै पनि संगीत सम्बन्धि शिक्षा नलिएको बताए ।

तीन सन्तानका अभिभावक समेत रहेका उनी आफ्ना नानीहरुलाई पठनपाठन र घरको गर्जो टार्न कठिन भएको साथै गाउँमा बसेर खासै उन्नति गर्न नसकेर अल्झि रहेको बताउँछन् । उनि भन्छन् ,’आर्थिक समस्याकै कारणले आफ्नो स्वर दुनियाँको माझमा पुर्‍याउन सकेको छैन’ सहारा विहिन भएपछि जति मिठो स्वर भएपनि गलामै सिमित भएको दुखेसो पोख्छन् ।
प्रतिभा भएर पनि तल्लोस्तरको जिवन विताउन बाध्य भइ अघि बढ्न सहारा खोज्दा उल्टै खिल्ली उडाइदिने मानिसहरु समेत भेटिएको तितो अनुभव सुनाउँछन् ।

दुई वर्ष अघि पाथीभरा एफएम ९३.६ मेगाहर्ज,दमकले आयोजना गरेको गायन खुल्ला मञ्च कार्यक्रममा प्रथम पुरस्कार सहित सम्मान भएका थिए ।
केही युट्यु र सामाजिक संजाल मार्फत उनका स्वर सुनेपछि आजभोलि अलिक चर्चामा आउन थालेका छन् । उनलाई हाल अमेरिकका बसोबास गर्दै आएका दिल खड्काको रचना र संगीतमा एउटा गीत रेकर्ड गराउने तयारी गर्दै गरेको उनले जानकारी दिए । खड्का अमेरिकामा पनि संगीतमा निकै चासो राख्ने एक सामाजिक अभियान्त हुन् ।

एक्लैले असंम्भव भएकाले स्थानीय तह,विभिन्न संघसंस्था,संचारकर्मी तथा समाजसेवीहरुको सहयोग पाएमा आफ्नो ओझेलमा परेको कला बाहिर ल्याउन सफल हुने बताउँदै सहयोगको अपेक्षामा छन् ।

ग्रामीण दुरदराजमा भेटिने यस्ता प्रतिभाशाली कलाकारलाई सम्बन्धित पक्ष, सरोकारवाला निकाय,संचारमाध्यम लगायतले सहयोग गर्ने हो भने उनीहरुलाई थप प्रेरणा मिल्ने र नवप्रतिभाहरु वृद्धि हुने स्थानीयहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार