काठमाडौं : पृथ्वीमान तुम्खेवा लिम्बू र सविना योङहाङको स्वर मा ‘मिर्मिरे बिहानी…’ म्युजिक भिडियोमा सार्वजनिक भएको छ ।
एसपी निङ्लेकुको रचना, कुमार बिकेको संगीतमा तयार भएको गीत पृथ्वी र सविनाले गाएका हुन् । पृथ्वीमान नेपालको प्रशासनतर्फ अधिकृत पदमा सेवारत पनि छन् ।
सविना नेपाल आइडलमा सहभागी भएर चर्चामा आएकी थिइन् । भिडियोमा पृथ्वीमान आफैले नाचेका छन् भने उनलाई गोमा योङहाङले साथ दिएकी छिन् । कोरसमा श्रेया लिम्बू, प्रविना लिम्बू, सोनिया लिम्बू, दजेन्द्र राई, राज परियार साथ दिएका छन् । भिडियोको लागि श्रृङ्गार महेस सिग्देल, छायांकन शीरकुमार साम्पाङ र दिनेश राई (सुविन), कोरियोग्राफ जेनिशा गिरी, सम्पादन बसन्त वाम्बुले राईले गरेका छन् ।
भिडियो सिमिक्लुङ दर्पणबाट हेर्न र सुन्न सकिन्छ ।
भिडियो हेर्नुहोस् :