शम्भू फोम्बो लिम्बूको आनिङ्वा सार्वजनिक (भिडियो सहित)

  नयाँ बुलन्द
14 Shares


काठमाडौं : गायक शम्भू फोम्बो लिम्बूको पहिलो लिम्बू पाःलाम भिडियोमा सार्वजनिक भएको छ । ‘आनिङ्वा सुम् सुम्…’ बोलको गीत फोम्बोको आफ्नै शम्भू फोम्बोको आफ्नै युट्युव च्यानलमा सार्वजनिक भएको हो ।

शुक्रबार अनामनगरस्थीत नयाँअनलाइनको कार्यालयमा बालगायकगायिका केहेरसिंह लिम्बू र माङ्गेना कुरुम्बाङको उपस्थितिमा सार्वजनिक भएको हो । कार्यक्रममा भिडियोमा संलग्न कलाकार, प्राविधिक, गायकगायिका र निर्देशकको उपस्थिति थियो ।

सांस्कृतिक पुनर्जागरणको आवाज उठाइरहेका लेखक÷निर्देशक सागर केरुङले पाःलाम लेखन र गायनको संख्या बढेपनि व्याकरणीय कुरामा चुक्दै आएको कुरा बताएका थिए । कुनै पनि विधामा संख्या बढेपछि त्यसमा बहस हुने गरेको र एकरुपता हुुनुपर्ने केरुङको जोड थियो । त्यसैगरी पछिल्ला दिनमा गीतको अगाडिपछाडि संवाद तथा अभिनय जोड्ने प्रथा चलेको प्रसँग ल्याउँदै गीतले भन्न बाँकी छ भने संवादले पूरा गर्ने, गीतमै सम्पूर्ण कथा छ भने संवाद जोड्नुको अर्थ नरहेको पनि केरुङले बताएका थिए ।

लिम्बू र याक्खा जातिले मात्र गाउने पाःलाम र धान नाच्ने गर्दछन् । साइनो नलाग्ने युवायुवतीबीच एकअर्कामा हात समाई नाचिने पाःलाममा मायाप्रीतिका कुरा गरिन्छन् भने समसामयिक कुराकानी पनि हुने गर्दछ । कलाकार रुद्र पाहिम, कृष्णराज नेम्बाङ, सलमान थलङले अभिनय गर्दाको अनुभव बताएका थिए । जाडोको समयमा अभिनय गर्दा शरीरमा काँडा उम्रिएको कलाकारहरुको अनुभव थियो ।

गायक शम्भू फोम्बोले नेपाली तथा पूर्वेली लोकलयमा आधारित गीत गाउँदै आएकोमा यसपल्ट पाःलाम गाएर लिम्बू भाषालाई न्याय गरेको कुरा बताए थिए । सानैदेखि भाषा बोल्दै आएता पनि गीत पहिलोपटक अवसर पाएको बताए ।

भिडियोका निर्देशक लोकेन साँवा लिम्बूले भिडियो निर्माणको लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएका थिए ।

शम्भू फोम्बोलाई सुनिता संयक लिम्बूले स्वरमा साथ दिएकी छिन् भने अन्य गायकगायिकाहरु सुमन लिम्बू, दीपा सुहाङ, दिवस पयाङ्गु, निरन्ता नेम्बाङले स्वरमा साथ दिएका छन् ।

शान्ता केरुङको रचना, रीता फोम्बो ठूली र सुमन लिम्बूको लय संकलन, अशोक लोहरुङ राईको एरेन्जमा पाःलाम तयार भएको हो ।

भिडियोमा रुद्र पाहिम, बबिता फोम्बो, पुष्पाञ्जली तिल्लिङ मादेन (चापेत्तीको आमा), कृष्णराज नेम्बाङ, सलमान थलङ, नैनकला आङ्देम्बे, शान्ति निङ्लेकु, मनु थक्लुङ, प्रदिप योङहाङ, सन्तोषी थोप्राले आभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार