रेडियो नेपालका अमरध्वज लामा “पूर्व प्रधानसेनापति छत्रमान गुरुङ तथा कमला गरूङ पत्रकारिता पुरस्कार” बाट पुरस्कृत

  युद्धबहादुर बोहोरा  480 पटक हेरिएको

 

 

इलाम : तमु (गुरूङ) सञ्चारकर्मी संघ, नेपालद्वारा रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामालाई यस वर्षको “पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरूङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

संञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले २० हजार रूपैंया सहित लामालाइ सो पुरस्कार प्रदान गरे ।

करीब २५ वर्ष भन्दा बढी पत्रकारिता जगतमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लामा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का वर्तमान कोषाध्यक्ष हुन् ।

जर्नालिजम एण्ड मास कम्युनिकेसनमा स्नातकोत्तर हासिल गरेका उनी संवादअनलाइनका प्रधान सम्पादक छन् । यश अघि लामा संयुक्त राष्ट्रसंघको युएन रेडियो टिम र बिबिसी वर्ड्र सर्भिस ट्रष्टमा प्रोड्युसरका रूपमा आबद्ध थिए ।
उनले यस अघि प्रिया मासिक, रोहिणी साप्ताहिको सम्पादकीय समूहसँग आवद्ध भइ काम गरेका छन् ।

पुरस्कृत लामा उद्घोषण, नेतृत्व विकास, कार्यक्रम उत्पादन सम्बन्धि रेडियो तालिमका स्थापित प्रशिक्षक हुन् । उनी पूर्व मेचीदेखि पश्चिम महाकाली समेतका विभिन्न स्वतन्त्र रेडियोलाई प्रशिक्षण तथा सहजीकरण गर्दै हजारौं प्रसारक तथा पत्रकार उत्पादन गरि सकेका छन् । लामा वर्ल्ड कम्युनिकेशन काउन्सिल नेपालका सदस्य पनि हुन् ।

त्यस्तै, उनी संगै सम्मानित हुनेहरुमा ‘सुश्री भद्राकुमारी घले’ पत्रकारिता पुरस्कार २०७७” बाट केशव गुरुङ, इण्डिजिनियस टेलिभिजनका अनिता गुरुङ,’पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ’ पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुहुने हाइलाइट्स टुरिजम अनलाइनका क्रियटिभ एडिटर अनिता गुरुङ, ‘तमू ल्होछार मूल आयोजक समिति तमू’ पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिकाका सिनियर उपसम्पादक दीपेन्द्र गुरुङ पुरस्कृत भएका छन् ।

यसैगरी ‘आदिकवि हर्कबहादुर गुरुङ स्मृति’पत्रकारिता पुरस्कारबाट रेडियो अन्नपूर्णका प्राविधिक दील गुरुङ, ‘लक्ष्मी गुरुङ’पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने चितवन पोष्टका तुलमान गुरुङ, ‘सिआइ टेकबहादुर तथा रसकुमारी गुरुङ’ पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिकाका गोरखा संवाददाता केशव गुरुङ पुरस्कृत भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार