पूर्वेली सुपरमोडल सुम्निमा खापुङको पहिलो म्युजिक भिडियो (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : सन् २०१५ मा मिस पूर्वेली सुपरमोडल विजेता बनेकी सुम्निमा खापुङ पहिलोपटक म्युजिक भिडियोमा देखिएकी छिन् । मेलिना राईको स्वरमा रहेको गीत ‘माया देउ…’ म्युजिक भिडियो सुम्निमा देखिएकी हुन् ।
तेह्रथुमको साविक मोराहाङमा खगेन्द्र खापुङ र शर्मिला देवान खापुङकी छोरी सुम्निमा कलाकारिता क्षेत्रमा जम्ने चाहना राखेकी छिन् । नर्स पेशामा आवद्ध सुम्मिना लियो क्लव विराटनगरकी अध्यक्ष पनि हुन् ।
भिडियोमा सुम्निमासँग शुभम् चाम्लिङ राईले अभिनय गरेका छन् । त्यसैगरी देवीनारायण लिम्बू, छोटी तामाङ, स्वेता श्रेष्ठ, फूर्वा तामाङ, निशान्त घतानी, कृषसेती माला आदिलाई पनि देख्न सकिन्छ ।
प्रकाश थापा मगरको रचना र संगीत रहेको गीतलाई मनोज साङ्सोन राईले एरेन्ज गरेका हुन् । राजु कार्कीको मिक्सिङ र मास्टरिङ गरेको भिडियोको ग्राफिक र पोष्टर जस्केलो क्रिएसनले तयार गरेको हो ।
धन खालिङको छायांकन र सम्पादन गरेको भिडियोलाई कृष्ण भुसालले निर्देशन गरेका हुन् । भिडियो स्टुडियो किङको च्यानलमार्फत हेर्न सकिन्छ ।
भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार