पूर्वको रमणीय इलाममा धमाधम छायांकन हुँदै ‘कृष्ण–लीला’

 

इलाम : प्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ को छायांकन पूर्वको  रमणीय इलाममा सुरु भएको छ ।

दीपक वलीको निर्देशन रहेको फिल्मको गत शुक्रबारबाट पूर्वी नेपालको झापा हुँदै इलामका बिभिन्न रमणीय स्थानमा सुटिङ भइरहेको छ ।

सस्पेन्स लभस्टोरी फिल्मको सुटिङ ‘कुनै दिन यस्तो पनि..’ बोलको रोमान्टिक गीतबाट सुरु गरिएको जानकारी निर्देशक वलीले दिएका छन् । अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ ।

बाबु श्रेष्ठले खिचेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् । कोशी नदी किनारमा भब्य सेट लगाएर सुटिङ आरम्भ गरिएको फिल्मको युनीट हाल इलामको पानीटार पुगेको छ । त्यहाँ सो गीतको छायांकन सम्पन्न गरेर दृश्य खिच्न थालीने बताइएको छ । गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री निकै रोमान्टिक भावमा प्रस्तुत भएका छन् ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण–लीला’ मा पुष्प खड्का,श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम ,भावना गुरुङ, आयुष गुरागाईलगायत छन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् । फिल्मको सम्पूर्ण छायांकन पूर्वी नेपालमै सकिने जानकारी कार्यकारी निर्माता रत्नले दिएका छन् ।-भेरिगुडबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार