याद उस्दिनको

  लासेमी केरुङ उत्सव
0 Shares

उनको – मेरो
याद उस्दिनको- हो
वाफ संगै उडेको मन
वादल जस्तै, – वादल संगै
हुन त यी वादलहरु-
पानी पार्नका लागि मात्र आउदैनन
थाहा छ,
जीवनमा रंगहरु भर्न पनि आउछन
भलै, त्यहा इन्द्रेणिको उन्माद नहोला
तरंग भने उस्दिनकै लिएर आउछ
तेसो त,
वादल कुल्चेर आकाश छोइन्न
हेरेर पानी, समुद्र तरीन्न
किनकी, तारा र जुनमा फरक छ
जीउने कला, म र उनमा फरक छ
वेहीसाव मेरो – म संगै भएका
आफनै धारा र उपधाराहरु छन
आफनै दफा र उपदफाहरु छन
तेस्तै छ, उनको पनि
जहाँ संसोधन भइरहेकोछ
बग्रेल्ति सपनाहरु, रहरहरु-
नटुङगीने, बेनिर्णय- वहसहरुमा
यता, सफेद पानाहरुमा
बान्कि नमिलेको अक्षरहरुले
अन्जानमै कोरीएका- उस्दिनको
प्याराग्राफ नमीलेको यादहरु
वश ब्लाक कफी माथी
सेतो मह जस्तै तैरीरहेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार