लुम्देमा पिकअप दुर्घटना : दुईजनाकाे मृत्यु

  नयाँ बुलन्द
56 Shares

फाकफाेकथुम :  इलामकाे फाकफाेकथुम ५ लुम्देमा एक पिकअप दुर्घटना भएकाे छ । दुर्घटनामा परी २ जना सवारकाे घटना स्थलमै मृत्यू भएकाे छ ।

एक जनाकाे अवस्था जटिल रहेकाे स्थानीय जनप्रतिनिधि कृष्ण कुमार राईले जानकारी दिए । पिकअपका चालक समेत गम्भिर घाईते भई इलाम अस्पताल ल्याउँदै गरेकाे राईले जानकारी दिए ।

आज करिब चार बजेर तीस मिनेटमा भएकाे दुर्घटनाकाे पिकअप नम्बर समेत पत‍्ता लागेकाे छैन । पिकअप लुम्देस्थित कुलुङ्गे ट्रनिङबाट करिब हजार मिटर तल खसेकाे छ । पिकअप दानाबारी इलामकाे रहेकाे अनुमान गरिएकाे छ ।

मृतककाे नाम समेत खुल्न सकेकाे छैन । मृतकहरु पिकअप/सब्जी व्यापारीका मालिकहरु रहेकाे अनुमान गरिएकाे छ । थप विवरण आउन बाँकी रहेकाे छ । त्यहाका स्थानीय तथा प्रहरी, जनप्रतिनिधि उदारका लागि घटनास्थल पुगेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार