झापा : दमक झापाबाट प्रकाशित समदर्शी मासिक पत्रीकाको टिमले लघु चलचित्र मदिरा निर्माण गरेको छ ।
सोही पत्रीकाले संचालन गरेको युटुव च्यानल समदर्शी टि.भि मा अप्लोड गरिएको लघुचलचित्र मदिरा-मदिरा विरुद्धको अभियान स्वरुप निर्माण भएको जनाइएको छ ।
संचारकर्मी देशराज नेम्बाङ्को लेखन तथा निर्देशन रहेको सो लघुचलचित्रमा कलाकारहरु देशराज नेम्बाङ, गंगा बेघा, सुमि जंग राना, अरुन राई, राजु राई र साजन राइको अभिनय रहेको छ ।
सुरज लिम्बू को छायांकन र सम्पादन रहेको सो लघुचलचित्र मार्फत मदिरा सेवन र जुवातासको कुलतमा लाग्दा आफ्नो परिवार कसरी पीडाको दलदलमा फस्छ भन्ने सत्य उजागर गर्दै त्यस्तो कुलत फस्नु हुदैन भन्ने सामाजिक संदेश प्रवाह गरिएको छ ।
साथै सोही टिमले निकट भविष्यमा नै समसामयिक र हास्यब्यंङ्य वेव सिरिज संचालन गरे तयारी रहेको निर्देशक नेम्बाङले बताएका छ्न् ।
भिडयो हेर्नुहोस् :