काठमाडौं : बेलायतमा रहँदै आएका गीतकार भरत लोहोरुङ राईले ‘बिहानीको झुल्के घामझैं’ गीत सार्वजनिक गरेका छन् । रामशोभा राई निर्मात्री रहेको यस गीतको भिडियो हालै रामशोभा युट्युब च्यानलमार्फत नै सार्वजनिक गरिएको हो ।
डीआर अटुको संगीत रहेको यस गीतमा स्वरूपराज आचार्य र दीपा लामाको स्वर सुन्न सकिन्छ । गीतकार राईले सैनिक जीवन (लाहुरे) लाई समेट्ने प्रयास गरिएको जानकारी दिए । उनका अनुसार यो भिडियो बेलायतको केन्ट र वेल्सका विभिन्न स्थानमा छायांकन गरिएको हो ।
सुल्तान इदिंगोले निर्देशन गरेको भिडियोमा सिर्जना निङलेकु र मण्डल थुप्पोको थेबेलगायत कलाकारले अभिनय गरेका छन् । सुल्तान फिल्म्स् प्रोडक्सन यूकेले भिडियो पोस्ट प्रोडक्सनको काम गरेको हो ।
भिडियो हेर्नुहोस् :


















































