आङथुपोकोे निर्देशनमा अन्जुलीमा राखे माया…

  नयाँ बुलन्द  216 पटक हेरिएको

इलाम : गायक हेमराज भट्टराई, संगीतकार मनोज साङसोन राईको संगीत कवि तथा गजलकार राजकुमार सुब्बा अनिश्चितको शब्दमा रहेको गीत

“अन्जुलीमा राखे माया पोखिन्छ है, दिलमा राख भुइँमा झरे पाउले फेरि टेकिन्छ है, दिलमा राख” बोलको गीतको म्युजिक भिडियो चुलाचुली मिडियाको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

गीतको भिडियोमा समाजमा रहेको जातिय विभेद र अन्तरजातिय प्रेमका दृश्य हरुलाई भिडियो मार्फत देखाउन खोजिएको छ । उक्त म्युजिक भिडियोमा कलाकारहरु “सेवारो बाजे” बेव श्रृङखलामा बाजेको चरित्रमा अभिनय गर्दै आएका राज फागो र रमिता राईको मुख्य भुमिका रहेको भिडियोको छायाँङकन भने सञ्जय विश्वकर्माले गरेका हुन् ।

नवराज घिमिरे निर्माता रहेको म्युजिक भिडियोको परिकल्पना तथा पटकथा, निर्देशक चेतन आङथुपोले तयार पारेका हुन भने, निर्देशन पनि आङथुपोले नै गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार