फाकफोकथुममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

  युद्धबहादुर बोहोरा
14 Shares


इलाम : जिल्लाको फाकफोकथुम-३, रातमाटेका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय धन बहादुर राइको जेठा छोरा वर्ष १६ का अम्बर राई रहेका छन्।
दुई दिन अघि आफ्नै खेतमा काम गर्दै गर्दा अरिङ्गालले टाेके पछि सामान्य ज्वरो तथा खोकी लागेको थियो।

सोमबार अवस्था जटिल भएपछि उपचारको लागि विहान आमचोक स्वास्थ चौकी, आमचोकमा ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी आमचोकका इन्चार्ज सुभेन्द्र कुमार कर्णले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार