यात्रा संस्मरण : जोगमाईको फेरिएको धुन

  टिका ढुंगाना
21 Shares

टिका ढुंगाना

यात्रा : विहानको दोस्रो कप चिया सिध्याइ सक्दा मात्र कवि जीको ‘गुडमनिङ्ग’ सुरु हुन्छ । उठ्नसाथै उनको जोगमाई जाने प्रस्तावले फुरङ्ग वनायो । हामिले दैनिक सत्र घण्टा भन्दा लामो पैदल यात्राको अनुभव संघालिसका छौँ । यात्राको मजा लुट्न वानि परिसकेको हामी छोटो मौका पनि गुमाउन चाहदैनौं । यात्राको अर्को हिस्सा मनिश पनि हो । तत्काल फोन लगाएँ – प्रस्ताव सुनेर उ पनि रोमाञ्चित भयो । यात्रामा हामी तीनको क्यामेष्ट्री गजवको जम्छ । आज पनि जम्ने निश्चित छ ।
बन्दावन्दीको प्रभाव सहरमा भन्दा गाँउमा अलिक फरक खाल्को छ – पातलो वस्ती, समयले ल्याएको जवरजस्त सामाजिक दुरी तर मनको दुरीमा अजिवको निकटता । मनको मात्र कुरा के यहाँका डाँडा पाखा खोला खोल्सा र माटोसंगको निकटता अव्याख्या छ । जोगमाईसंगको निकटता अझ विशेष छ ।

चाम्रे र गुन्द्रक : चाम्रे चामल भुटेर बनाइएको विषेश परिकार हो । खेतमा काम गर्दा या मेलापातमा चाम्रे खाने चलन अझ पनि कायमै छ । छोटो यात्रामा प्राय हामी यसैलाई छनोट गर्छौ । त्यसमा गुन्दुकको अचार परिकारमा विशेष रौनक छोड्ने नै भयो । यात्रामा खाना, परिकारले विषेश महत्व राख्छ । जस्तो कि माईखोलाको माछा, ताप्लेजुङ्गको तोङ्गवा र सुकुटी विशेष उदाहरण हुन । यात्राको सहयात्री परिकार तयार पारि झोलामा प्याक गरिदिने सविता भाउजुलाई यो लेखमा नअटाए लेख अपुरो हुन्छ ।

चुटिएको चप्पल : हाम्रो यात्रा जोगमाई वेँसी तर्फ अगाडी वढ्छ । मेटो ज्यान, अग्लो कदको मनिश हरेक यात्रामा लामा पाइला चालेर मलाई हैरान बनाउछ । आज पनि सो क्रम दोहोरियो, तर दश मिनेट पनि नवित्दै हाम्रो यात्रालाई धिमी गतिमा परिणत गर्यो । कारण थियो – कवि जी को चप्पल । कवि जीको चप्पल चुटियो । नजिकै चप्पल किन्ने पसल पनि थिएन न त कुनै घर । केही तल गोपाल वाडा – हामी गोपाल वडा भनेर सम्बोधन गर्ने जो पुराना कम्युनिष्ट कार्यकर्ता पनि हुन । उनको घटना वर्णन र पुराना कथा भन्ने शैली अजिवको छ । घण्टौं वसेर उनको गफ सुन्न खुव रमाईलो हुन्छ, पट्यार लाग्दैन । )को घर तर्फ हानियौँ । तर अवसोच घरमा ताला लागेको थियो । वर–पर पनि कोही थिएन ।

मनिशले उपाय निकाल्यो – त्यहाँ भएको पुरानो चप्पल लगाउने, नयाँ त्यहिँ छाडेर जाने । र्फकदा साटेर र्फकने । कवि जी घवरायो । घटनालाई र्सप्रईजसंग ढालेर ठट्टा र्गयौ । कवि हृदयका कवि जी गाउँले मनको प्रशंसा गर्दै भावुक भएर चप्पल लगाए ।

साँझ र्फकदा खैला वैला मच्चिएछ – ‘सँधै पनि जुत्ता चप्पल हराउथ्यो तर आज अच्म्म भयो, नयाँ छाडेर पुरानो चप्पल लैजाने अजिवको पात्र गाउँमा पसेछ । यो सामान्य मानिसको चप्पल हैन ।’ हामी पुग्दा हाँसोको फोहोरा छुट्यो । यो सामान्य मानिसको चप्पल हैन भन्ने शब्दले कवि जीको उचो नाक अझ उचो भयो ।

फेरीएको धुन : जोगमाई वँेसीसंग हाम्रो वालापन देखिको यादहरु, कथाहरु जोडिएको छ । त्यहाँको धुनसंग एक आत्मीक संम्बन्ध जोडिएको छ । वेँसीमा जीवनको कालखण्डको दशकौंको सम्बन्ध छ । कयौँ पटक रोपाईँ गरेको छौं, गोरु चराएकाछौं, वगरमा लडीवडी गरेका छौँ, भारी वोकेर लेक चडेका छौ, त्याँहाका फलफुलमा र्चुलुम्म डुवेका छौँ । आहिले माथिका कुराहरु लेखि रहँदा भोगाई लाई शब्दमा उर्तान अझ सीप नपुगेको अनुभुति भईराखेको छ ।

हामी वेँसी पुग्यौँ तर त्यो वेँसी त्यही वेँसी थिएन । धेरै अनुहार परिवर्तन भई सकेको रहेछ । विधुत उत्पादानको लागि निर्माणकार्य धमाधम भइराखेको, ठूलो चौडा वाटो, मानिसहरुको चहल पहल । तर अप्सोच पहिले पहिले चैते धानको लागि धानको विउहरुको हार, ठूलो कुलोमा पानि झरेको, आलि काटेर चिठीक्क परेका आलिहरु, घना जंगल, पोटिला गोरुहरु, जोगमाई खोलाको भिमकाय आवाज सव इतिहस भइसकेको रहेछ । त्यति वेला चराको आवाज गुञ्जने वेसीँमा क्रसरको र्ककस आवाज – हो जोगमाईको फेरीएको धुन नमीठो लाग्दो छ अचेल ।

फेसवुक लाईभ, सर्मपण ध्यान र लभ टिप्स : जोगमाई खोलामा हामिले लामो समय वितायौँ । त्याको दृष्यालाई कैद गर्न फेसवुक लाईभको चाँजोपाजोँ मनिशले मिलायो । हामिले लाइभ दृश्य देखायौँ । त्यसमा पहिले संगै जोगमाईमा विताएका र अहिले वैदेशिक रोजगारीमा रहनु भएका समकक्षी तथा दाई पुस्ताहरु जेडिन पुगेपति त्यसको महत्व अझ वढेर गएको महसुस भयो ।

हामीले लगभग आधा घण्टा सर्मपण ध्यानको पनि प्रयोग गर्यौ । खोलाको आवाजम आफुलाई समाहित गर्दै खोलासंग एकाकार हुने यो ध्यान बीधिले हामिलाई भरपुर आत्मिक आनन्द प्रदान गर्यो । समय र्घकिदै र्गदा हामिले यात्रा टुङ्गयाउनु थियो । हामि फर्कियौँ । फर्कदा वाटोमा कवि जीको लभ अफेयर काहानी र मनिशको लभ टिप्सले थप रोमाञ्चकता थापेको थियो । यस वारे यति मात्र लेख्न अनुमती भएकोले अलिकती कहानी छुटाउनु परेकोमा माफि चाहान्छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार