लकडाउनमा संगित भर्दै समिर ।।

 

धरान , चैत्र

लकडाउनको समयलाई सदुपयोग गर्दै गायक तथा संगितकार समिर सिंगकले केहि नयाँ सांगितिक कोशेली ल्याउने तयारी गरेका छन् । यतिबेला उनि घरैमा बसेर गितको कम्पोज गरिरहेका छन् । करिब डेढ दशक अघिदेखी निरन्तर संगितको साधना गरिरहेका सिंगकले केही लोकपप,केही आधुनिक र लिम्बु गितको कम्पोज गरिरहेको बताए । उनका अनुसार लकडाउन खुलेसंगै ति गितहरु तरुन्तै रेकर्ड गर्ने तयारी छ ।

गायक तथा संगितकार सिंगकले मुलुकको अवस्था सामान्य हुन साथ लोकपप गित ‘धपक्कै तिम्रो सिरफुल’ र ‘दार्जिलिङ बजार’ रेकर्ड गर्ने जानकारी दिए । उनले भने ‘बन्दकोठामा बसिरहनु भन्दा सृजनसिल काममा लागेको हुँ।’ तेह्रथुम जन्मेर धरानलाई कर्मथलो बनाएका समिरले सय बढि गित गाएका छन् भने दर्जनौ गितमा संगित भरेका छन् ।

लकडाउनको कारण मुलुक अस्तव्यस्त छ । कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेपछि सबै क्षेत्रमा यस्को प्रभाव परेको छ । यो समय सबै नागरिक घरैमा बसेका छन् ।

समिर सिंगकको पछिल्लो चर्चित गितको भिडियो ,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार