कोरोनाको आशंकामा इलाम अस्पतालले दुई जनालाई कोशी अञ्चल अस्पताल रिफर

  नयाँ बुलन्द
0 Shares

इलाम : कोरोनाको आशंकामा इलाम अस्पतालले दुई जनालाई कोशी अञ्चल अस्पताल रिफर गरेकाे छ । मलेसियाबाट आएका सन्दकपुर गाउँपालिका वडा नं ३ बस्ने एक युवक र उनकी आमालाई इलाम अस्पतालले बुधबार साझ कोशी अञ्चल अस्पताल बिराटनगर रिफर गरेको हाे ।

इलाम अस्पतालका डा. प्रभु शाहले बिदेशबाट आएको र केहि समस्या देखिएकाले रिफर गरिएकाे जानकारी दिए । कोरोना पुष्टि नभए पनि भर्खर बिदेशबाट अाएकाले थप परीक्षण र उपचारका लागि पठाईएको इलाम अस्पतालले जनाएको छ ।  जिल्ला प्रशासन कार्यालय इलामले भारतको केरलाबाट आएका १ पुरुष र ५ महिलालाई क्वारेन्टाईनमा राखेको जनाकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार