उद्यमी/व्यवसायीहरुले जान्नु पर्ने कुराहरु

  गोपाल पौड्याल  158 पटक हेरिएको

गोपाल पौड्याल

धेरै मानिसहरु आफ्नो विगतको अनुभवलाई सम्झन चाहदैनन् । उनीहरु सोच्दछन् कि विगतको असफलताले काममा हौसला भन्दा चिन्तालाई बढाउँछ । त्यसैले धेरै मानिसहरु आफ्ना कमजोरी भन्दा खुबीको प्रशंसा सुन्न चाहन्छन । तर एउटा उद्यमी जो आफ्नो सेवा वा बस्तुको विक्रीबाट मुनाफा आर्जन गर्न चाहन्छन उनीहरुले आफ्ना बस्तु वा सेवाका बारेमा धेरै गुनासा वा सुझापहरु सुन्न सक्नु पर्दछ । यस्ता गुनासा वा सुझावहरुबाट हतोत्साहित हुनु भन्दा त्यसलाई मार्ग दर्शकको रुपमा लिई कार्य गर्नु पर्ने हुन्छ । बस्तु वा सेवाको बारेमा प्राप्त हुने गुनासा र सुझाव मात्र हैन, एउटा उद्यमीले आफूले विगतमा गरेका कामहरु निर्णयहरु वा त्यसका सफलता र असफलताले पनि भविष्यको मार्गदर्शन गरिरहेकै हुन्छन् । फरक यति हो यसलाई कसैले स्वीकार गरेका हुन्छन् भने कसैले यसको कुनै प्रभाव गदैनन् । फलतः स्वीकार नगर्नेहरुको विगतका गल्ति दोहोरिन सक्छन् र काममा बाधा पुग्न सक्छ ।

यी बाहेक गुणस्तर बस्तुको उत्पादनमा जोड दिनु आफूले गरेको कामको मूल्याङ्क गर्नु र आज भन्दा भोलि राम्रो काम कसरी गर्ने भन्ने बारे योजना बनाई सोही अनुसार काम गरेमा सफल उद्यमिको रुपमा अवश्य पनि स्थापित हुन सकिन्छ ।

लधु व्यवसाय सञ्चालन गरिरहेका एवम् संभाव्य उद्यमीले उपरोक्त विशेषताहरु मनन गरी आफूलार्य सोही अनुरुप क्रियाशील बनाउनु पर्दछ । सामाजिक मूल्य–मान्यताहरु संरक्षण गर्ने व्यवसायको जिम्मेवारीलाई सामाजिक उत्तरदायित्व भनिन्छ । सबै व्यावसायीक संस्थाहरु समाजमै स्थापना हुन्छन् र आफ्ना कार्यहरु समाजमै गर्दछन् । उनीहरुले समाजमै आफ्नो व्यवसायको विकास एवम् विस्तार गर्दछन् । उनीहरुले वस्तु तथा सेवाहरु उत्पादन गर्न समाजका साधनहरुको प्रयोग गर्दछन् । अतः व्यावसायिक संस्थाहरुले सामाजिक मूल्य–मान्यताहरु अनुसार वस्तु तथा सेवाहरुको उत्पादन तथा बिक्रीवितरण गर्नुपर्दछ । व्यावसायिक संस्थाहरुको प्रमुख उद्देश्य वस्तु तथा सेवाहरुको विक्रीवितरण गर्नु हो । व्यवसायिक उद्देश्य प्राप्त गर्न व्यवसायले समाजसँग समन्वय गर्नुपर्दछ । उद्यम÷ब्यवसायको स्थापना र विस्तार र्गनु आफैमा एक महत्वपूर्ण कार्य हो । पौराणिक तरीकाले खेती गर्ने र पशु पालन गर्ने पद्दतीमा केही परिवर्तन गरी स्थानीय स्तरमानै लघु तथा साना उद्यम÷ब्यवसायहरुको मुल्यमा अभिबृद्धि गर्न अति आवश्यक छ । कुनै पनि कामको खास उद्देश्य हुन्छ । त्यो उद्देश्य प्राप्त गर्नको लागि धेरै कुराहरूको प्रबन्ध मिलाउनु पर्दछ । मानिस, मेसिन, सामग्रीहरू, पैसाको अलावा काम कसरी गर्ने भन्ने विधि वा तरिका छनोट गर्नुपर्दछ । कामदारहरूलाई काम गर्न सक्षम र इच्छुक बनाउनुपर्दछ, उचित समय निर्धारण गर्नुपर्दछ र सुव्यवस्थित ढङ्गले काम सम्पन्न गर्नुपर्दछ । यी सबै कुराहरूको चाँजोपाँजो मिलाएर कुनै पनि काम सुव्यवस्थितरूपमा, सामग्रीहरूको उचित र अधिकतम प्रयोग गरी काम गर्नुलाई नै “व्यवस्थापन गर्नु” भनिन्छ । छोटकरीमा भन्दा कामको सही चाँजोपाँजो मिलाउनुलाई नै व्यवस्थापन हो भन्न सकिन्छ । त्यसैले सानो होस् वा ठूलो, सरल होस् वा गाह्रो, जुनसुकै काम गर्न पनि व्यवस्थापन आवश्यक पर्दछ । व्यवस्थापन एक निश्चित प्रव्रिmया हो । यसभित्र योजना, सङ्गठन, कार्यान्वयन तथा नियन्त्रण गर्नुजस्ता कार्यहरू पर्दछन् । मानिस तथा साधनहरू (सामग्रीहरू, पैसा, मेसिन) को प्रयोग गरी पूर्व–निर्धारित उद्देश्यहरू प्राप्त गर्नको लागि व्यवस्थापन आवश्यक हुन्छ ।व्यवस्थापन भनेको व्यवसाय चलाउने शक्ति हो, जसको माध्यमबाट व्यवसायमा निर्णय गर्न, कार्यान्वयन गर्न र नियन्त्रण गर्न सकिन्छ ।प्रभावकारी तथा दक्षतापूर्वक व्यवसायको उद्देश्य प्राप्त गर्नको निम्ति अरूद्वारा काम लिन सक्नु नै व्यवस्थापन हो । आवश्यकता,परिवेश र उद्देश्य वमोजिम व्यवस्थापनको परिभाषा विभिन्न अर्थमा गरिएको पाइन्छ । व्यवस्थापनका सवै पक्षलाई समेट्ने सर्वव्यापक र सर्वश्रेठ परिभाषा दिनुलाई जटिल एवम् प्रायः असम्भव नै रहन्छ । किनकी यो मानवीय व्यवहार र व्यवसायको प्रकृतिसँग सम्बन्ध राख्ने विकासन्मूख विधा वा शास्त्र हो । यो गतिशील,परिवर्तनशील,व्यवहारिक र भविष्यन्मूख छ ।कुनै पनि उद्यमीले व्यवस्थापनको कार्य गर्नुपर्ने हुन्छ, जसअन्तर्गत उसले दुई किसिमका प्रमुख व्यवस्थापन दायित्व निर्वाह गर्न आवश्यक हुन्छ । ब्यवस्थापनका कार्यहरु सम्पादन गर्नका निमित्त योजनाको महत्वपूर्ण भुमिका रहेको हुन्छ । योजना भन्नाले आफ्नो उद्देश्य पूर्ति गर्नका लागि बाटो हिँड्नेलाई हिँड्नुअगाडि नै दिशाबोध गराउने तरिका “योजना” हो । योजना बनाउने कार्यमा भविष्यमा के गरिनु पर्दछ, कहाँ, कसरी, कुन तरिकाले गर्ने हो भन्ने सबै कुराहरूको निर्णय गर्नुपर्ने हन्छ । योजनामा हुनुपर्ने आवश्यक विशेषताहरू,उद्देश्य स्पष्ट परिभाषित हुनुका साथै सजिलै र छर्लङ्ग बुझिने हुनुपर्दछ । कार्यको ठीक विश्लेषण र वर्गीकरण हुनुपर्दछ। लचिलो अथवा परिस्थिति अनुकूल हुनुपर्दछ । सन्तुलित हुनुपर्दछ अर्थात् सबै पक्षलाई उत्तिकै महत्वपूर्ण ठान्नु आवश्यक छ । जस्तै बजार पक्षमा मात्र बढी जोड अथवा उत्पादन पक्षलाई मात्र हेर्ने किसिमको हैन । बढीभन्दा बढी मात्रामा साधनहरूको प्रयोग गर्नसकिने हुनुपर्दछ । समस्या परिसकेपछि वा जटिल भइसकेपछि समाधान खोज्नु भन्दा सकेसम्म समस्या आउनै नदिने गरी व्यवस्थापन गर्नु राम्रो हो । यस्तै गरेर कुनै पनि उद्योग÷व्यवसाय संचालन गर्ने सोच भएका व्याक्ति वा र्फम हरुले भइपर्ने जोखिमहरुको पनि सहि ब्यवस्थापन गर्नु पर्ने हुन्छ । व्यावसायिक क्षेत्रमा जोखिमलाई चुनौतिको रूपमा लिइन्छ किनकी व्यवसायमा नाफा÷घाटाको अवस्था आउदँछ । तसर्थ जोखिमलाई नोक्सान पु¥याउने कुरा मात्र भनेर भन्न मिल्दैन । व्यवसायमा नाफा आर्जन गर्न जोखिम लिनैपर्ने हुन्छ । जस्तो एउटा भनाइ पनि छ “छैन जोखिम छैन नाफा, बढी जोखिम बढी घाटा/नाफा, ठीक जोखिम मुनासिव नाफा” यसरी व्यवसायमा नाफा कमाउनका लागि व्यावसायीलाई प्रेरित गर्ने तत्वलाई जोखिम भन्न सकिन्छ । जोखिमलाई सामान्यतया तीन किसिले अध्यायन गर्न सकिन्छ ।

(क) कम जोखिम/जोखिम नहुनु : आफ्नो क्षमताले सजिलै बहन गर्न सक्ने वा काम गर्न कुनै चुनौतीको सामाना गर्नु नपर्नेलाई कम जोखिम भनिन्छ । कम जोखिमपूर्ण कामबाट आशातीत रूपमा नाफा हुँदैन र त्यस्तो कामबाट आत्मसन्तुष्टि पनि कम मिल्दछ वा मिल्दैन ।

(ख) मध्यम खालको जोखिम : त्यस्तो खालको जोखिम जुन अलिकता सावधानी र प्रयासबाट बहन गर्न सकिन्छ र जसको कारणबाट सकारात्मक प्रतिफल प्राप्त गर्न सकिन्छ । यस्तो खालको जोखिमबाट सकारात्मक प्रतिफलको साथै आत्मसन्तुष्टि पनि प्राप्त हुन्छ । साथै नकारात्मक प्रतिफलबाट त्यति पछुतो पनि हुँदैन ।

(ग) बढी जोखिम : त्यस्तो खालको जोखिम, जो आफ्नो क्षमताभन्दा धेरै परको हुन्छ र प्रायः नकारात्मक परिणाम आउने धेरै संभावना रहन्छ । त्यस्तो खालको जोखिमले गर्दा लगानी डुबाउनुपर्ने अवस्था आउँदछ । नाफा भयो भने धेरै हुन्छ तर आफ्नो प्रयासले सकारात्मक प्रतिफल पाउन सम्भव हुँदैन । उसो भए उद्यमीरब्यवसायीले कस्तो खालको जोखिम लिनुपर्दछ ?

उद्यमी/व्यावसायीहरू नाफा कमाउने उद्देश्यले व्यवसायमा संलग्न भएका हुन्छन् । त्यसैले व्यवसाय सानो होस् कि ठूलो नाफा कमाउन जोखिम लिनैपर्ने हुन्छ । जोखिम छैन भने त्यसमा घाटा नाफा पनि हुँदैन र बढी जोखिम लिँदा बढी नाफा हुने सम्भावना भएपनि लगानी डुब्ने सम्भावना पनि बढी हुन्छ । मध्यम खालको तथा लेखाजोखा गरी क्षमताअनुसारको जोखिम लिनाले उचित नाफा प्राप्त गर्नुका साथै आत्मसन्तुष्टि पनि हुन्छ । (घाँटी हेरी हाड निल्नु भन्ने उखान झै ।) यदि नोक्सान नै भयो भने पनि कम मात्रामा हुन्छ । जसलाई पछिल्ला व्रिmयाकलापहरूबाट सजिलै क्षतिपूर्ति गर्न सकिन्छ । त्यसैले व्यावसाय गर्दा आपूm सुहाउँदो तथा क्षमता अनुसारको मध्यम खालको जोखिम लिनुपर्दछ ।

जोखिमको न्यूनिकरण कसरी गर्ने :

उद्योग व्यवसाय स्थापना तथा सञ्चालन गर्दा उद्यमीले जोखिम लिनुपर्ने हुन्छ । तर जोखिमलाई जति सक्दो न्यूनिकरण गर्न सकेमा व्यवसायमा सफल हुने सम्भावना बढी हुन्छ । त्यसैले व्यवसायमा हुने जोखिम न्यूनिकरण गर्न उद्यमीले निम्न कामहरू गर्न उपयुक्त हुन्छ जस्तैः आपूmले गर्न चाहेको व्यवसाय के हो ? त्यसको बारेमा जानकारी, ज्ञान, सीप र तालिम आदि प्राप्त गर्ने ।आपूmले गर्न चाहेको जस्तै व्यवसाय अरु कतिको सञ्चालनमा छन् ? तिनीहरूको अवस्था कस्तो छ अध्ययन गर्ने । (तिनिहरुले भोग्नुपरेका समस्या र तिनका सफलताको अनुभव बटुलेर पनि आफ्नो जोखिम कम गर्न सकिन्छ ।)आपूmले बिक्रि उत्पादन गर्न चाहेको वस्तु÷वा दिने सेवाको माग बजारमा बढ्दै वा घट्दै छ भनि बुझने, पत्रपत्रिका पढने, रेडियो वा टिभी समाचार सुन्ने र चनाखो भएर अध्ययन गर्ने । उद्योग÷व्यवसायलाई आवश्यक पर्ने सामाग्रीका आपूर्तिकर्ता को छन् र यसको उपलब्धता निरन्तर हुन्छ हुँदैन साथै मेसिन औजार कहाँबाट कसरी प्राप्त गर्ने, जानकारी लिने । व्यवसाय सञ्चालनका व्रmममा आईपर्ने बाधा, अड्चन के छन्, तिनीहरूको व्यवस्थापन गर्न सकिन्छ सकिदैन, राम्ररी खोजखबर गर्ने र सूचना प्राप्त गर्ने । सबै काम उद्यमी आपैmँले गर्न समय अभावले नभ्याउने वा सीप ज्ञानको कारणले पूरा गर्न नसकिने पनि हुन्छ । त्यस्तो अवस्थामा अरूको सहयोग लिने ।उधारोमा गएका सामानको पैसा समयमा उठाइ, चालू पूँजीको चव्रmमा रुकावट नल्याइ उत्पादन र वितरणमा चनाखो भई जोखिम न्यूनिकरण गर्न सकिन्छ ।बजारमा आफु जस्तै व्यवसायीबीच आपसी समझदारी, समन्वय राखी समान प्रकारका वस्तु÷सेवाको गुण, तौल, मूल्य, विज्ञापन, वितरण प्रणाली जस्ता कार्यमा सहकार्य गरी बजारमा निरन्तर सेवा दिएर पनि जोखिम न्यूनिकरण गर्ने ।समयअनुसार लचिलो भएर काम गर्ने । लहै लहैमा नलाग्ने । यसरी स्थानिय तहमा पाइने कच्चा पदार्थहरुलाई घरेलु,लघु उद्यमहरुको संचालन वाट प्रशोधन गरी स्थानिय स्तरमा नै मुल्य बृद्धिमा टेवा पु¥याउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार