गायक विजय मुकारुङ राई तथा धिरेन्द्र चेम्जोङको पहिलो म्यूजिक भिडियो बजारमा

  नयाँ बुलन्द
0 Shares

इलाम : गायक विजय मुकारुङ राई तथा धिरेन्द्र चेम्जोङको पहिलो म्यूजिक भिडियो आज इलाममा विमोचन भएको छ । राईको सयौ तारा सग भिख मागेर साथै चेम्जोङको फालेलुङ मुनी च्याङथापु बजार नामक गीत एक साथ विमोचन गरिएको हो । राईको गीत सयौ तारामा रमेश सुनुवारले सगीत गरेका थिए भने गीतको रचना वालकृष्ण गौतमले गरेका छन । राईको गीतको म्युजिक भिडियोमा हिमशिखर डान्स आईडलका बाल कलाकार साहिल र सलीना साथै इलामक युवा ब्यब्सायी सुमन काफ्लेले खेलेका छ्न ।

यस्तै अर्को गीतमा रमेश सुनुवारकै संगीत र मिनी राईको रचना रहेको छ । पछिल्लो समय गायनमा रहेका इलाम शान्तिडाँडा निवासी राई जिल्ला प्रहरी कार्यलय इलाममा कार्यरत छन् भने चेम्जोङ पाँचथर निवासी हुन । प्राज्ञ कोमल निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताले पछिल्लो गीतले इलामको पहिचानलाई थप सहयोग पुर्याएको बताउदै आगामी दिनमा अझै मेहेनत गर्दै गीत संगीतमा लाग्न जोड दिएका थिए ।

भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार