कवि सुन्दर कुरुपको ‘पृथ्वीको आविष्कार’ को विमर्श

  राम योङहाङ
0 Shares


इलाम : चर्चित कवि सुन्दर कुरुपको कविता संग्रह ‘पृथ्वीको आविष्कार’ माथि शनिबार विमर्श गरिएको छ ।

सदरमुकामस्थिम जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा कुरुपको कृतिमा समेटिएको विषयवस्तुको चर्चा गरिएको थियो ।

इलाम साहित्य समाजको आयोजनामा भएको कार्यक्रमका वक्ताहरुले ‘पृथ्वीको आविष्कार’ मा स्थानीय स्वाद र सहअस्तित्व सहितको पहिचानमा आधारित फरक शिल्पशैली, बिम्ब प्रयोग गरिएको बताए । कार्यक्रममा कवि तथा समालोचक प्रकाश थाम्सुहाङ, प्राध्यापक दिपेन्द्र दुलालले वक्ताका रुपमा टिप्पणी गरेका थिए ।

लेखक सुन्दर कुरुपले आफ्नै भोगाईका अनुभूतिहरुलाई कृतिमा समावेश गरेको बताए । उनको कृतिमा गाउँले परिवेशको अर्गानिक विषयवस्तु समेटिएको छ । आफूलाई गाउँले कवि भन्न रुचाउने कवित सुन्दर कुरुपले अधिकाशं कवितामा गाउँले जनजीवनमा आधारित विषयवस्तुलाई आफ्नो कृतिमा समावेश गरेका छन् । उनले समाजमा देखिने र नदेखिने विविध पक्षलाई साहित्यका माध्यमबाट उजागर गरेका छन् ।

कृति सांग्रिला पुस्तक प्रालिले प्रकाशनमा ल्याएको हो । यस कृतिमा ‘पृथ्वीको आविष्कार’, ‘बोजूको खोकी’, ‘नयाँ ईश्वर’, ‘जिग्री लुङा’, ‘खतरनाक मान्छे’, ‘लालमाया धिमालको मुस्कान’, ‘बाहुन बाजेको सम्झना’, ‘रक्सी नपिएको साँझ’, ‘काँसे डबका’, ‘फूलकुमार चोक’ सहित ३७ वटा कविता संग्रहित छन् ।

कार्यक्रमको सहजीकरण साहित्यकार युविर चेम्जोङले गरेका थिए । कार्यक्रम लिला लेखनका अभियान्ता कृष्ण बरालको प्रमुख आतिथ्यतामा भएको थियो । उनले धर्म गौतम, सुरेन्द्र राई र तीर्थ निरौलाले प्रश्न राखेका थिए । कार्यक्रमको सञ्चालन फरक आयामका अभियान्ता सुमन ल्वागुनले गरेका थिए ।

इलामको दक्षिणी क्षेत्र चुलाचुलीमा बसेर साहित्यकर्ममा क्रियाशील कवि सुन्दर पूर्वी नेपालमा हुने साहित्यिक अभियानमा पनि सक्रिय छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार