इटहरी उपमहानगरद्वारा बालगायक प्रितम आचार्य ५१ हजारसहित सम्मानित


इटहरी : चर्चित वालगायक प्रितम आर्चायलाई इटहरी उपमहानगरपालिकाले सम्मान गरेको छ ।

लैगिंक हिंसा विरुद्धको प्रथम इटहरी सम्मेलनको अवसरमा वालगायत आर्चायलाई नगद ५१ हजार सहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मान गरे ।

भारतको जिटिभिवाट प्रशारण हुने चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा प्रितम तेश्रो भएका थिए । इटहरी ५ का ११ बर्षिय वालक प्रितम आर्चायलाई इटहरी उपमहानगरको कार्यपालिका वैठकले ५१ हजार सहित सम्मान गर्ने निर्णय गरेको थियो । नियमानुसार कर कटौती गरेर पुरस्कार सहित सम्मान गरिएको हो ।

इटहरी उपमहानगरले गरेको सम्मान वाट आफू उत्साहित भएको प्रितमले बताए । प्रितमलाई सारेगम लिटिल च्याम्सका लागि भारत जानुअघि इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले नेपालको झण्डा र नेपाली टोपी लगाइदिएर विदाई गरेका थिए ।

तेश्रो भएर नेपाल आउदा उनलाई नगरपालिका परिसरमा भब्य स्वागत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार