चुलाचुली रंगमञ्चको अध्यक्षमा लिम्बू निर्वाचित

चुलाचुली : चुलाचुली रंगमञ्चको अध्यक्षमा हेमकुमार लिम्बू निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न छैठौं साधारणसभाले लिम्बूको अध्यक्षतामा ९सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

समितिका उपाध्यक्षमा संजय विश्वकर्मा, सचिव सन्तोस गिरी, सहसचिवमा जेम्स लिम्बू र कोषाध्यक्षमा रमिला राई निर्वचित भएका छन् ।

सदस्यमा मनिसबहादुर मगर, दिलकुमारी राई, शिखर लाम्गादे, आयुसा आङथपो चयन भएका छन् ।

मानार्थ सल्लाहकारहरूमा गणेश रसिक, बसन्त राई, शरण सुब्बा, प्रकाश आङदेम्वे र सल्लाहकारमा पदम खम्बु राई, मनाङ लावती, केशर भुजेल, रूद्र आङदेम्बे, मनकुमार योङहाङ, लोकनाथ पौड्याल लगायत रहेका छन् ।

चुलाचुली रंगमञ्चको सभाहलमा आयोजित कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहालको प्रमुख आतिथ्यतामा भएको थियो ।

गाउँमा रंगमञ्च गर्दै आएको संस्थाले आर्थिक वर्ष २०७५र०७६ को आयतर्फ २ लाख ८५ हजार ३ सय १० रूपैयाँ र व्यय तर्फ २ लाख ८७ हजार ८ सय ६५ रूपैयोँको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा समाजसेवी राजेन्द्र केरूङ, शरणहाङ जवेगु, साहित्यकार विन्दु मुकदर्शक, तीनकुने पोखरी पर्यटन समितिका अध्यक्ष नगेन्द्र श्रेष्ठ लगायतले संस्थालाई शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संस्थाको संस्थापक अध्यक्ष चेतन आङथुपोको अध्यक्षत्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार