कात्तिक ३० गते चलचित्र ‘घरजम’ इलाममा प्रदर्शन हुँदै (भिडियो सहित)

  राम योङहाङ  230 पटक हेरिएको

पत्रकार सम्मेलनमा चलचित्र  ‘घरजम’ बारे जानकारी गराउँदै निर्देशक इम्बुङ। तस्वीर : राम योङहाङ

इलाम : मौलिक नेपाली कथानक चलचित्र ‘घरजम’ इलाममा आगामी कात्तिक ३० गते विशेष प्रदर्शन हुने भएको छ ।  मौसम लिम्बू इम्बुङ (फुलन्देको बाउ) को निर्देशनमा रोमियो फिल्म्स प्रालिले निर्माण गरेको चलचित्र ‘घरजम’ प्रदर्शन हुन लागेको हो ।

लिम्बू समुदायको विहेबारीसँग सम्बन्धित चलचित्र लिम्बू ‍विद्यार्थी मञ्च इलामको आयोजनामा विशेष प्रशदर्शन हुन लागेको आइतबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन आयोनामा गरी जानकारी गराइयो ।

मौसम ईम्बुङ (फुलन्द्धादेको बाबु) द्रावा निर्देशित सो चलचित्र सदरमुकामस्थित गौतम बुद्ध सभागृह (सिटीहल) मा प्रर्दशन हुने भएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक मौसम इम्बुङले ‘घरजम’मा नेपाली कथालाई नेपाली शैलीमै प्रस्तुत गरिएकाले दर्शकले मनपराउने दावी गरे। नेपाली दर्शकले चलचित्रमा आफ्नोपन खोजिरहेको अवस्थामा निर्माण गरिएको ‘घरजम’ले दर्शकको चाहना पुरा गर्ने उनको भनाइ रहेको छ । क्यारेक्टरलाई आधार मानेर बनाइएका चलचित्रहरुले ‘नेपाली चलचित्र यस्तो हुनुपर्छ’ मन्ने मानक स्थापित गर्न खोजिरहेको बेला ‘घरजम’ले एउटा इटा थप्ने काम गरेको निर्देशक इम्बुङको दावी रहेको छ ।

घरजम युनिटले विशेष प्रर्दशनीपछि स्थानीय स्तरमा पत्रकार, वुद्धिजिवी, साहित्यकार, समिक्षक तथा सरोकारवाला पक्षसँग चलचित्रबारे समिक्षात्मक कार्यक्रम समेत गर्ने बताएको छ ।

यसअघि घरजम झापाको दमक, विर्तामोड, सुनसरीको धरानमा प्रदर्शन भइसकेको छ । चाँडै झापाको भद्रपुर, मोरङको विराटनगर, पाँचथरको फिदिम, ताप्लेजुङलगायतको स्थानमा समेत प्रदर्शन गर्ने तयारी भइरहेको निर्देशक इम्बुङले बताए ।

करिब ८० लाखको लगानिमा बनेको चलचित्रको निर्माता किशोरकुमार लिम्बु र सीताकुमारी तुम्वापो हुन भने सहनिर्माताको रुपमा तेज मेन्याङबो रहेका छन् । साहित्यकार उपेन्द्र सुब्बाको कथा लेखन रहेको चलचित्र ‘घरजम’ मा युवराज राईको छायांकन रहेको छ ।सो चलचित्रको छायाँकन नेपालका पूर्वी पहाडको पाँचथरलगायतका रमणीय स्थानमा गरिएको छ।

‘घरजम’ मा बुद्धि तामाङ, कुशल थलङ, हेमराज आङछोम्बो, सुस्मा लिम्बु, शृजना सुब्बा, यासेली योङहाङ, रवि शेर्मा, जीवन भट्टराई, किशोरकुमार लिम्बुलगायत कलाकारहरुले अभिनय गरेका छन् ।

सो चलचित्रको ग्रान्ड प्रिमियर गत १५ सेप्टेम्बरमा हङकङमा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार