अहिले सम्मकै उत्कृष्ट तिहार गितको भिडियो सार्वजनिक ।।

तेह्रथुम, कार्तिक
‘झिलिमिली बत्ती ढकमक फुल’ बोलको तिहार गितको भिडियो सार्वजनिक भएको छ । गायक तथा संगितकार समिर सिंगक लिम्बुको स्वर रहेको यो गित पत्रकार तथा कलाकार टीआर सेनेहाङको शब्द हो । चेली र माईतीको भेट गराउने पर्वको रुपमा रहेको तिहार चाड सम्बन्धी यस भिडियोमा कलाकाहरहरुलाई निर्देशक देउकृष्ण देवान लिंखा याख्खाले कलात्मक कथावस्तुमा प्रस्तुत गराएका छन् ।

नेपालीहरुको सास्कृतिक महत्व बोकेको पर्व तिहारलाई समेटेर निर्माण गरिएको म्यूजिक भिडियोमा कलाकारको रुपमा गायक सिंगक,गितकार सेनेहाङ,नाम्ओती थाम्देन र सुस्मा सुक्वाबालाई मुख्य रुपमा देखिन्छ भने अन्य कलाकारहरु पनि बिभिन्न भुमिकामा रहेका छन् ।

चेली र घरपरिवार संग बषौपछि भेट हुने माईतीको यर्थाथपरक कथा एवं गाउकै सहेली प्रति प्रेमको अनुभुत सहितको भिडियोे दृश्य सुरेन सेनेहाङले खिचेका हुन् भने कलाकारहरुलाई कृष्ण सुवेदीले श्रृङगार भरेका थिए ।

तेह्रथुमको ऐतिहासिक स्थल मेयङलुङ बजार तथा तम्फुलामा छायाङकन गरिएका भिडियो युमा आर्टस युट्यूव च्यानल मार्फत शुक्रबार बेलुकी सार्वजनिक गरिएको हो ।

भिडियो यता,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार