‘इलामे शहर चियाबारी राम्रो’ को म्युजिक भिडियोको छायाङ्कन सम्पन्‍न (भिडियो सहित)

इलाम :  गायक अशोक मुकारुङ र सुनिता थेगिमको आवाज रहेको ‘इलामे शहर चियाबारी राम्रो ..’ को गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ ।

इलामको सदरमुकामस्थित चियाबारी, भ्युटावर र चोकबजार आसपासको क्षेत्रमा छायाङ्कन गरिएको हो ।

गंगाराज मुकारुङको शब्द, बुलु मुकारुङको संगीत र नर्बु शेर्पाको एरेन्ज रहेको सो गीतको म्युजिक भिडियो सिनेअटोग्रीफी मनदिप मुकारुङ र निर्देशन जीवन मुकारुङले गरेका छन् । कोरियोगराफर युनिक डान्स सेन्टर इलामका प्रज्जवल चापागाईं रहेका छन् ।

भिडियोमा कलाकारहरु अशोक मुकारुङ, सुकुम लिम्बू, मनदिप मुकारुङ, विमला राना मगरलगायतको अभिनय रहेको छ । भिडियो तिहारपछि लगत्तै सार्वजनिक गरिने निर्माण युनिटले जानकारी दिएको छ ।

सो गीत यसअघि बुलु मुकारुङ र कुन्ती मुक्तानले गाएका थिए ।

हेर्नुहोस् म्युजिक भिडियोकी सुटिङ :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार