ज्योमो गाङ अवार्डमा लिम्बू चलचित्र “के” उत्कृष्ट पाँचमा मनोनयन

इलाम :  थाइल्यान्डमा बसोबास गर्ने नेपाली आदिवासी जनजातिहरुको आयोजनामा ‘ज्योमो गाङ फिल्म अवार्ड  २०१९’ सम्पन्न हुने भएको छ ।

उक्त अवार्डको लागि सागर केरुङ्को लेखन/निर्देशन रहेको लिम्बू चलचित्र “के” उत्कृष्ट पाँच भित्र पर्न सफल भएको छ ।

चलचित्र ‘के’ ले उत्कृष्ट कथा,उत्कृष्ट निर्देशक,उत्कृष्ट नायिका बबिता फोम्बो,उत्कृष्ट सह-नायिका रुपा आङ्बुहाङ्लाइ उत्कृष्ट मनोनयन प्रमाण-पत्र प्रदान गरेको छ ।

शुक्रबार काठमाडौस्थित दरबार रोधिमा एक कार्यक्रमको आयोजना गरि हुकुम मल्टिमेडियाले प्रदान गरेको हो । उक्त अवार्ड वितरण कार्यक्रम आगामी मंसिर १९ गते थाइल्यान्डस्थित पटैयामा भब्य समारोहविच गरिने बिज्ञप्तीमा उल्लेख छ । चलचित्र के ले ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव -२०७६’ मा उत्कृष्ट अवार्डसमेत जितिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार