इलाममा साहित्यकार डिआरको उपन्यास ‘तिलस्मी’ को चर्चा (भिडियो सहित)

इलाम : गीतकार तथा साहित्यकार डिआरको पहिलो उपन्यास ‘तिलस्मी’ को इलाममा चर्चापरिचर्चा गरिएको छ ।

मंगलबार सदरमुकाममा एक कार्यक्रमकाबीच ‘तिलस्मी’ को चर्चा गरिएको हो । पहिलो संस्करण प्रकाशन भएको ५ महिनापछि नै दोस्रो संस्करण प्रकाशन भएको ‘तिलस्मी’ बारे लेखककै गृहजिल्लामा चर्चा गरिएको हो ।

‘तिलस्मी’ बारे साहित्यकार डा. देवी क्षेत्री दुलाल र दिवाकर भण्डारीले चर्चा गरेका थिए । पुस्तकमाथि चर्चा गर्दै उनीहरुले तिलस्मीले पाठकलाई सामाजिक, राजनीतिक र नैतिक सन्देश दिएको बताए । गरिब र सम्भ्रान्त वर्गबीचको खाडललाई पनि पुस्तकमा प्रस्तुत गरिएको उनीहरुले बताए । उपन्यासमा चित्रित घटनाक्रमले समाज परिवर्तनको सनौलो विहानी ल्याएको उल्लेख गरेका थिए ।

तिलस्मीले इच्छाशक्ति भए असम्भव केही छैन भन्दै हरक्षेत्रमा सफलताको सन्देश बोकेर दौडेको उल्लेख गरे ।

एउटा असल युवाले धनीगरीबबीचको ठूलो खाडललाई तन, मन र धनले पुर्दै लगरे सम्याएको ५ भने अन्तरजातीय विवाहको सम्बन्धले सम्भ्रान्त परिवारको परम्परावादी संस्कारलाई तिलस्मीले तोडेको छ ।

कार्यक्रममा इलाम नगरप्रमुख महेश बस्नेत, प्राज्ञ कोमल निरौला, नेपाल पत्रकार महासंघका संस्थापक सभापति धर्म गौतम, पत्रकार सोम सुसेली, लक्ष्मी मिश्रलगायतले मन्तव्य राखेका थिए ।

 

३२७ पृष्ठको उपन्यास सन्देशमूलक र सकारात्मक सोचलाई उजागर गर्ने उदेश्यले  सिर्जना गरिएको उपन्यासकार डीआरले बताए । डिआरले उपन्यासको कथावस्तु, पात्र र चरित्रका कारण बजारमा आइरहेका अन्य उपन्यासहरुभन्दा केही फरक र पृथक लेख्ने प्रयास गरेका छन् ।

उपन्यासमा सम्भ्रान्त र अति विपन्न वर्ग बीचको कथा समेटिएको छ । शिखा बुक्सले बजारमा ल्याएको उपन्यासमा वर्गीय खाडल, जातीय विभेद र त्यस विरुद्धको विद्रोहको भावना अभिब्यक्त गरिएको छ । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय ९५ रुपैयाँ रहेको छ ।

२०५८ सालदेखि औपचारिक रुपमा गीत लेखनमा प्रवेश गरेका डिआर पाँचवटा गीति एल्बम सार्वजनिक भइसकेका छन् । तीनवटा पुस्तक पनि सार्वजनिक भइसकेका छन् ।

डिआरसँगको अन्तरवार्ता :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार