
काठमाडौं : नेपाल प्रहरीले दाङमा चलाएको अपरेशनका क्रममा पक्राउ पर्ने विप्लव समूहका नेतामा मध्यपश्चिम ब्युरो कमाण्डर चन्द्रबहादुर चन्द पनि रहेको खुलेको छ ।
५ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले समूहको राप्ती ब्युरो बैठकमा छापा हानेको थियो । त्यहाँबाट महत्वपूर्ण दस्तावेजसहित २१ जना नेतालाई पक्राउ गरिएको प्रदेश प्रहरीका प्रवक्ता डीएसपी नवराज पोखरेलले अनलाइनखबरलाई बताए ।
उनी पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु हुन् । अहिले पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइँदैछ ।


















































