मिस नेपाल आईडल निमालमुलाई स्वागत

  नयाँ बुलन्द  41 पटक हेरिएको

धरान : मिस नेपाल आइडल २०१९ का बिजेता निमा लमु शेर्पालाई हिमालयन सांस्कृतिक केन्द्र धरानले बधाई दिएको छ ।

निमा लमु शेर्पा मिस स्टेट १ को कार्यक्रमको जजका रुपमा यहि असोज १७ गते धरान आएका हुन।सोही अवसर पारेर उनलाई आइतबार सांस्कृतिक केन्द्रले भेटघाट गर्दै बधाई दिएको हो।उनलाई सबैले खादा ओढाएर सम्मान तथा बधाई दिएका थिए ।

बधाई दिने क्रममा हिमालयन महायान देछेन छोलिङ गुम्बाका अध्यक्ष ङावालप्ट शेर्पाले शेर्पा समुदाय हिमाल चढ्न मात्र नभै मोड्लिङ गायन लगायतको क्षेत्रमा लागेर समुदाय तथा देशको नाम राख्ने गौरवको काम गरेको भन्दै आगामी दिनमा सफलताको कामना गर्दै बधाई दिएको हो ।

बधाई कार्यक्रममा हिमालयन सांस्कृतिक केन्द्रका अध्यक्ष
दावातेम्बाले सोलुखुम्बु जस्तो बिकट जिल्लाको पनि शेर्पा समुदायबाट मोडलिङको क्षेत्रमा सफलता मिल्नु गौरवको कुरा भएको बताए ।

भेटघाट तथा बधाई कार्यक्रममा गायक एपि शेर्पा,तेन्जिङ शेर्पा,ङाजुङ्म शेर्पा सहित हिमालयन सांस्कृतिक केन्द्रका परिवारको उपस्थिति रहेका थिए ।

निमालमु असोज ८ काठमाडौमा सम्पन्न भएको मिस नेपाल आइडलमा अन्तिम प्रतिस्पर्धामा छनोट भै उपाधी जित्न सफल भएका हुन।सोलुखुम्बु जिल्लाको पासङ ल्हामु गाउँपालिकामा जन्मेका निमा लमु शेर्पा हाल काठमाडौमा बस्छिन । अध्यनकै शिलशिलामा मिस मंगोल २०१४ देखि यश क्षेत्रमा प्रवेश गरेको उनी बताउछिन ।

मिस मंगोलमा उनले टप फाईभसम्मको यात्रा गरे ।त्यसपछि मिस शेर्पा २०१८ मा भाग लिइदै फस्ट रनर अपको सफलता हात पारिन। त्यसपछि उनी स्नातकोत्तर अध्यनको खाली समयको सदुपयोग गर्दै मिस नेपाल आईडल २०१९ मा भाग लिने अवसरसंगै सफलता हात पारिन ।

ताजसंगै उनि मिस पब्लिक चोइस समेतको बिजेता बनिन ।
मिस नेपाल आइडल बिजेता बनेपछि उनी सिधै मिस आईकन वर्ल्डमा प्रतिनिधित्व गर्न पाउने छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार