कात्तिक तेस्रो साता इलाममा ‘घरजम’ हुँदै (भिडियो सहित)

इलाम : कात्तिक तेस्रो साता इलाममा चलचित्र ‘घरजम’ प्रदर्शन हुने भएको छ । मौसम लिम्बू इम्बुङ (फुलन्देको बाउ) को निर्देशनमा रोमियो फिल्म्स प्रालिले निर्माण गरेको चलचित्र ‘घरजम’ प्रदर्शन हुन लागेको हो ।

‘घरजम’ प्रदर्शन गर्न आवश्यक तयारीका लागि विहीबार इलाममा भेटघाट कार्यक्रम भएको छ । चलचित्रका निर्देशक इम्बुङको उपस्थितीमा इलामका युवाहरुबीच चलचित्रका विषयमा छलफल भएको हो । छलफलपछि कात्तिक तेस्रो साता इलाममा प्रदर्शन गर्ने लगभग निश्चित भएको निर्देशक इम्बुङले बताए ।

सो चलचित्रको ग्रान्ड प्रिमियर गत १५ सेप्टेम्बरमा हङकङमा गरिएको थियो ।

साहित्यकार उपेन्द्र सुब्बाको कथा लेखन रहेको चलचित्र ‘घरजम’ मा युवराज राईको छायांकन रहेको छ । ‘घरजम’ मा बुद्धि तामाङ, कुशल थलङ, हेमराज आङछोम्बो, सुस्मा लिम्बु, शृजना सुब्बा, यासेली योङहाङ, रवि शेर्मा, जीवन भट्टराई, किशोरकुमार लिम्बुलगायत कलाकारहरुले अभिनय गरेका छन् ।

विहेवारीमा आधारित ‘घरजम’ चलचित्रको छायाँकन नेपालका पूर्वी पहाडको पाँचथरलगायतका रमणीय स्थानमा गरिएको छ।

हेर्नुहोस् भिडियो :

https://www.youtube.com/watch?v=CnEzyYp_aEI&feature=share&fbclid=IwAR2g_4j1iOzMTQubPvVhMp6B7-jwgGM_TQMoIs_6VJ4h_Q5XkDVWSWKYmJQ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार