प्नअ नेम्बाङद्वारा आफ्नो विदाइमा ५० हजारको अक्षयकोष घोषणा

  युद्धबहादुर बोहोरा
7 Shares

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ को जनकल्याण माद्यामिक विद्यालयका प्रधानध्यापक कुम्बाहाङ्ग नेम्वाङलाई एक कार्यक्रमका साथ विहिवार भव्यता सम्मानले विदाइ गरिएको छ ।

सेवा निवृत भएका नेम्वाङलाई दोसल्ला,अविर जात्रा र मायाको चिनो प्रदान सहित उनकी धर्मपत्नी ईश्वरीमायालाई पनि सम्मान गरिएको थियोे । वर्तमान प्रधानध्यापक पूर्णकुमार सदेम्बाको अध्यक्षता र विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर चेम्जोङको प्रमुख आतिथ्यमा विदाइ कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि हर्क चेम्जोङ,सहायक प्रधानध्यापक बिष्णु चेम्जोङ,विद्यालय व्यवस्थापन समिति संयोजक उदिप चेम्जोङ,शिक्षक अभिभावक संघ अध्यक्ष जितेन्द्र चेम्जोङ,निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर चेम्जोङले उनको कार्यकालमा गरेका सकारात्मक कार्यको प्रशंसा गर्दै आगामी दिनहरु सुखद जिवनको शुकामना दिए ।

त्यस्तै,निवर्तमान सहयात्री शिक्षक डिगम्भीर नेम्वाङ,शिक्षक पूर्ण चेम्जोङ,तारादेवी अधिकारी,विद्यालय व्यवस्थापन समिति सदस्य बलिराज चेम्जोङले पनि शुभकामना मन्तव्य राखेका थिए। पाँचथर फाल्गुनन्द-५ निवासी बुबाआमा हर्कबोली र गजरानी नेम्बाङका काइला सुपुत्र नेम्वाङको जन्म २०१६ साल चैत १५ गते भएको थियो।विएड सम्मको अध्यन गरेका उनी २०४३ साल जेठ १ गते हाल अवकाश भएको विद्यालयमा निम्न माद्यामिक तहमा अस्थायी नियुक्ति भइ २०४८ सालमा स्थायी भएका थिए ।

२०६८ सालमा निम्न माद्यामिक तह द्वितीयतमा बढुवा हुँदै सोही विद्यालयका प्रधानध्यापक बने पछि फराकिलो खेलमैदान निर्माण,विद्यालायलाई तीन रोपनी पाँच आना जग्गा खरिद,विद्यालय सम्म आउने मोटरबाटो जस्ता विकासका कामको पहल गरेका थिए। एउटै विद्यालयमा ३३ वर्ष तीन महिना शिक्षक पेशा मध्ये आठ वर्ष प्रधानध्यापकको पदमा रहँदा कक्षा १२ सम्मको अध्यापन अनुमति,विज्ञान प्रयोगशाला,पुस्तकालय,कम्प्युटर कक्षा संचालन र नि:शुल कोचिङ्ग सुविधाको व्यवस्था गराएका छन्।

‘सुवासचन्द्र चेम्जोङ स्मृति पुस्तकालय तथा अक्षयकोष २०७३’ द्वारा सम्मानित भएका नेम्बाङले आफ्ना बुबाआमाको नाममा ‘हर्कबोली-गजरानी छात्रवृत्ति अक्षयकोष २०७६’स्वरुप ५० हजार रुपैयाँ बराबरको अक्षयकोषको विदाइ कार्यक्रममा घोषणा गरेका छन्। विद्यालय परिवार,व्यवस्थापन समिति,जनप्रतिनिधि,विभिन्न विद्यालयका शिक्षक, समाजसेवी,बुद्धिजीवी लगायतको उपस्थितिमा भएको कार्यक्रम शिक्षक अम्बिका प्रसाद सापकोटाले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार