कवि थाम्सुहाङ ३० हजारको पुरस्कारबाट पुरस्कृत हुँदै

  नयाँ बुलन्द  92 पटक हेरिएको

इलाम : इलामका कवि प्रकाश थाम्सुहाङ मंगलबार पुरस्कृत हुँदैछन् । कवि थाम्सुहाङ नगद ३० हजार राशीको दिब्यबिक्रम नेम्बाङ स्मृति पुरस्कारबाट पुरस्कृत हुने भएका हुन् ।

दिब्यबिक्रम नेम्बाङ स्मृति पुरस्कार कोषले मंगलबार दिउँसो झापाको विर्तामोडमा एक कार्यक्रम आयोजना गरी थाम्सुहाङलाई पुरस्कृत गर्न लागेको हो । हरेक वर्ष भदाै १७ गते दिब्यबिक्रम नेम्बाङको स्मृति दिवसकाे दिन  वितरण गर्ने गरी यस वर्षदेखि वितरण गर्न सुरु गरिएकाे हाे ।

आगामी वर्षदेखि पुरस्कारको राशी बढाउँदै लैजाने दिव्यबिक्रमका नेम्बाङका कान्छा छाेरा नन्दहाङ नेम्बाङले बताए । उनकाे जन्म बिक्रम सम्बत १९९७ सालमा साबिक पाैवासारताप १ स्थित पाैवागाउँ हालकाे फाल्गुनन्द गाउँपालिका ३ मा भएकाे थियाे ।

दिव्यबिक्रमले गाउँकाे मनरत्न मिडिल स्कुलबाट औचारिक अध्ययन शुरु गरि दार्जिलिङबाट म्याट्रिक उत्तीर्ण गरेका थिए । तत्कालिन राजा महेन्द्रले बहुदलिय ब्यवस्थाकाे अपहरण गरेपछि २०१७ सालकाे क्रान्तिमा संलग्न उनी एक क्रान्तिकारि याेद्धा थिए ।

कांग्रेस पार्टीमा सम्बद्ध भएका कारण देश निकालामा परेका उनले प्रवास, भुमिगत जीवन बिताए ।हालकाे श्री सार्ताप माबि सार्तापकाे हेडमास्टर भइ लामाे समय सम्म शिक्षण पेशामा संलग्न पनि हो।

अध्ययनमा ठुलाे रुचि भएका उहाँकाे तत्कालिन दार्जिलिङबाट प्रकाशित हुने दिपक लगायत विभिन्न पत्र पत्रिकामा कथा, निबन्धहरु प्रकाशित छन । उहाँ एक धर्मपत्नी, दुई छाेरा र तीन छाेरि र नातानातिनाहरु छन । कवि थाम्सुहाङ इलाममा रहेर साहित्य सिर्जनामा सक्रिय छन ।

उनकाे पालामकाे मुर्छना कविता संग्रह लगायतका कृतिहरु प्रकाशित छन । साहित्यमा सालिन ब्यक्तित्व, अब्बल सर्जक, अध्ययनशिल, शक्तिशालि समालाेचक मानिने थाम्सुहाड० नेपाली लेखक संघका केन्द्रीय सदस्य र यक्थुङ लेखक संघका केन्द्रीय अध्यक्षमा कार्यरत छन ।

याे पुरस्काले पाउँदाआफुलाई गर्व लागेकाे मेराे साहित्यिक याेगदानकाे सानाे अंशमा भएपनि मुल्यांकन भएकाे कवि थाम्सुहाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार