अस्पताल आफैंले पाल्दै लाम्खुट्टे, जनस्वास्थ्य कार्यालय मौन !

  नयाँ बुलन्द
0 Shares

चितवन : डेंगु रोगको मुख्य कारण भनेकै लामखुट्टेको टोकाइ हो । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग डेंगु ज्वरोका बिरामी अहिले चितवन अस्पतालमा बढ्दो छ ।

तर, स्वयं चितवनका अस्पताल भने डेंगुबाट सुरक्षित देखिन्नन । मेडिकल सिटिको रुपमा चिनिने चितवनका अस्पतालले बिरामी त जाँच्छन् तर अस्पतालका परिसरमा नै लामखुट्टे नै लामखुट्टे छन् । अस्पतालका नाला, गमला र झाडीहरुमा लामखुट्टेनै लामखुट्टे भेटिन्छन् । केही अस्पतालका शौचालय समेत फोहोर छन् । हुन त एडिस एजिप्टाई जातको लामखुट्टेले सफा पानिमा मात्र फुल पार्ने गर्दछ ।

बर्खामा गमला, टायर, अस्पतालका डस्विनहरु नियमित सफा नगर्दा दिउँसोको समयमा पनि बिरामी र बिरामी ल्याउनेलाई लामखुट्टेले टोक्ने गरेको अस्पताल आउनेहरु बताउछन् । सबै भन्दा बढी बिरामी रहेको चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालमा यो समस्या बढी छ ।

अस्पतालमा बिरामीको संख्या बढ्दै गर्दा अस्पताल स्वयम डेंगु रोगबाट सुरक्षित देखिदैन । दैनिक रुपमा बिरामीको सङ्ख्या बढ्दै गर्दा अस्पतालको सरसफाइ भने चित्तबुझ्दो छैन । अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार १ सय जना भन्दा बढी कर्मचारी अस्पतालको सरसफाईमा खटिएकाछन् । तर अस्पतालको विभिन्न ठाउँमा लामखुट्टेले आफ्नो बासस्थान बढाइरहेकाछन् । सरकारी अस्पताल त एक उदाहरण मात्रै हो अन्य प्राइभेट र सामुदायिक अस्पतालहरुको अवस्था पनि उस्तै छ । बिरामी उपचारका लागि आउने अस्पताल आफैं भने सुरक्षित छैन् ।

अस्पताल भित्र देखिएको यस्तो बेथितिको बारेमा चितवनको जिल्ला जनस्वास्थ्य कार्यलयमा बुझ्न खोज्दा आफ्नो अधिकार भित्र जिल्लाका सबै अस्पताल नरहेको भनेर पन्छिएको देखिन्छ । वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारी भन्छन्  “हाम्रो कार्य क्षेत्रमा सबै अस्पताल पर्दैन तर कार्य क्षेत्र रहेकोमा सरसफाई अवस्था कस्तो छ अध्ययन गछौं ।” यस बिषयमा शुल्क लिएर उपचार गराउने अस्पतालहरु आफैं सचेत रहनुपर्ने बताउँदै उहाँले जनस्वास्थ्य कुचो लिएर अस्पताल सफा गर्दै हिड्न नसक्ने बताए ।

तर, प्राईभेट देखी सरकारी अस्पताल सम्म यस्तो अवस्था हुँदा विरामी जचाउने अस्पताल स्वयम् लामखुट्टेको कारखाना बन्ने र बिरामी लिएर आएका आफन्त पनि बिरामी हुने अवस्था सिजर्ना भएको सर्वसाधारणको गुनासो छ ।

चितवनमा १०६ जनामा डेंगु

चितवनका विभिन्न अस्पतालमा गरेर १०६ जनामा डेंगु देखिएकोमा चितवन जिल्लाको मात्रै ७८ जनामा डेंगुको संक्रमण छ । त्यसमा सबैभन्दा बढी चितवनको भरतपुरमा ६९ जनालाई डेंगु लागेको प्रमाणित भएको छ । रत्ननगरमा ६ जनामा डेंगु रहेको छ भने बाँकी छिमेकी जिल्ला तनहुँ, गोरखा, नवलपूर, मकवानपूर लगायतका रहेका जिल्ला जनस्वास्थ्य कर्यालय चितवनका भेक्टर कन्ट्रोल निरिक्षक रामकुमार केसीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार