असोज पहिलो साता इलाममा साहित्य महोत्सव हुने

  स्पर्श अतित योङहाङ  307 पटक हेरिएको

इलाम : आगामी असोज ३ र ४ गते ‘इलाम साहित्य महोत्सव २०७६’ हुने भएको छ । ‘पर्यटनको लागि साहित्य’ भन्ने मुल नाराको साथ इलाम साहित्य समाजले महोत्सव आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ ।

पछिल्लो समय इलाममा साहित्यिक कार्यक्रमहरु सुस्ताईरहेको अवस्थामा पुनःजागरण र पुनः उत्थानको लागि महोत्सवको आयोजना गरिने इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए ।

इलाममा २००९ सालमा करिफोकमा वृृहत साहित्यिक सम्मेलन आयोजना गरिएको थियो । त्यसपछि २०४५ सालमा महानन्द पुरस्कार समारोह पश्चात् २०६३ र २०६९ सालमा विशेष साहित्यिक कार्यक्रमपछि कुनै पनि साहित्यिक महोत्सव तथा सम्मेलनहरु आयोजना गरिएको थिएनन् । करिव ७ वर्षपछि इलाममा अन्तराष्टिय साहित्यिक सम्मेलन आयोजना गर्न लागिएको हो ।

इलाम सदरमकाममा राष्ट्रिय र अन्तर्राष्«िट्रय क्षेत्रका चर्चित साहित्य हस्ती, लेखक, कवि, चिन्तक, विश्लेषक, कलाकार, राजनितिज्ञहरुको सहभागितामा महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवले लेखक र पाठक बीच अन्तरक्रिया गर्ने मञ्च दिनुको साथै सामाजिक बहस र स्वतन्त्र विचार निर्माण गर्न सघाउ पुग्ने, देश विदेशका चर्चित साहित्यकार, लेखक, पत्रकार, राजनितिज्ञसंग पाठकले प्रत्यक्ष अन्तरक्रिया गर्ने, यसले विश्व साहित्यको उतारचढावलाई बुझन मद्धत गर्नको साथै विषयगत ज्ञानको दायरा फराकिलो पार्ने र बैचारिक मत बनाउन सघाउ पुर्याउने आयोजकको विश्वास छ ।

महोत्सवमा नेपाल भ्रमण वर्ष २०२० लाई समेत प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्री योगेश भट्टराई, नेपाली काङग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा, चिन्तक प्रदिप गिरी, प्राज्ञ वैरागी काइला, चर्चित अभिनेता दयाहाङ राई, अभिनेतृ ऋचा शर्मासहित ख्यातिप्राप्त साहित्यकार, लेखक, विश्लेषक, कलाकार, राजनितिज्ञलगायत ढेड सय र भारतको दार्जिलिङ, सिक्किमबाट २० गरी १ सय ७० बढीको सहभागिता रहनेछ ।

दुई दिनसम्म चल्ने महोत्सवमा विभिन्न विषयका ११ वटा सेसनहरु तय गरिएका छन् । समृद्धि कस्तो र कसका लागि, करोड क्लब र अफवाह, सत्ता कि प्रतिपक्ष, मानक माथि प्रश्न, किन बिक्न छोड्यो ?, दश बर्षपछिको नेपाल, अधिकारको पेवा, ‘अ’ मा अल्झेको इलाम, पछिल्ला साहित्यीक आन्दोलनहरु, गीतको दुख र पर्यटनको आयाम शीर्षक तयार गरिएका छन् । यसभन्दा अन्य विषयहरु पनि थप हुन सक्ने जनाईएको छ । प्रस्तुत शीर्षकहरुमा साहित्यकार, लेखक, विश्लेषक, कलाकार, राजनितिज्ञद्वारा सहभागीहरुबीच छलफल बहस गरिने समाजका सभिव रोशन राइले जानकारी दिए । महोत्सव सम्पन्न गर्नको लागि करिव २५ लाख लागत लाग्ने इलाम साहित्य समाजका कोषाध्यक्ष सुरेन्द्र राईले जानकारी दिए ।

साहित्यको इतिहासमा इलामले विशिष्ट महत्व राखेको र इलामे भूमीबाट नै सन्त ज्ञानदिल दास, महानन्द सापकोटा, विष्णु नवीन, तारानाथ शर्मा आदि विशिष्ट स्रष्टाहरुले इलामलाई चिनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार