‘फेस फोटो आर्ट कन्टेष्ट २०१९’ निलम बनिन् विनर

  निलम बनिन् विनर
0 Shares

इलाम : १८० औँ विश्व फोटोग्राफी दिवशको अवसर पारेर गरिएको ‘फेस फोटो आर्ट कन्टेष्ट २०१९’ विनर इलाम जमुनाकी निलम गुरुङ भएकी छन् । उनले उपाधिसँगै भिबो ९० सि एन्ड्रोइड फोन सहित ट्रफी, मायाको चिनो र प्रमाणपत्र हात पारेकी छन् । प्रतियोगिताको फस्ट रनर अफ रिता श्रेष्ठ सेकेण्ड र सेकेण्ड रनर अफ भावना खपांगी घोषित भएका छन् ।

उनीहरुले पनि ट्रफी सहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा इलामका विशिष्ठ नागरिक युद्धप्रसाद बैद्य र नेपाल पत्रकार महासंघ इलामका पूर्व उपाध्यक्ष रोहितचन्द्र भट्टराईले पुरस्कार वितरण गरेका थिए ।

इलामको मिसन इलाम, सम्पदा किड्स र शिखर प्रोडक्सन हाउस इलामले सञ्चालन गरेको प्रतियोगितामा जिल्लाका १५ जना युवा युवतीहरुले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार